पोखरामा हस्तकलाका सामग्री प्रर्दशनी हुँदै
पाेखरा | फागुन २१, २०७९
पोखरा: ११३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा महिला सीप विकास संस्थाले हस्तकलाको सामग्री प्रदर्शन गर्ने भएको छ ।
संस्थाले आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गर्दै संस्थामा आवद्ध महिलाहरुले उत्पादन गरेका हस्तकलाको सामग्री प्रर्दशन गर्ने जानकारी दिएको हो ।
महिला सिप विकास संस्था पोखराका कार्यकारी निर्देशक रामकली खड्काले ११३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा पोखरामा महिला उद्यमीहरुले उतपादन गरेका हस्तकलाका सामग्री प्रर्दशन हुन लागेको बताईन ।
‘समाजका उपेक्षित, अपहेलित र न्यून आय भएका महिलाहरुलाई हस्तकलाका तालिम प्रदान गर्ने संस्थाको उद्धेश्य हो, खड्काले भनिन्, ‘महिलाहरुलाई तालिम प्रदान गरी व्यवसायिक तथा आयमुलक क्षेत्रमा अग्रसरसँगै आर्थिक उत्थानमा सीप विकास गर्ने हो लक्ष्यसहित अगाडि बढेका छौं ।’
संस्थाले नारी दिवसको अवसरमा पोखराको सभागृहमा संस्थाले उत्पादन गरेका हस्तकलाको सामग्री प्रर्दशन गर्ने तयारी गरेको हो ।
संस्थाका निर्देशक खड्काले यस संस्था नेपाल सरकार र कुनै पनि विदेशी संघ संस्थाको सहयोगमा सञ्चालन नभएको बताईन । ‘यस संस्थामा कुनै पनि विदेशी संघ संस्था र नेपाल सरकारको कुनै प्रकारको सहयोग प्राप्त हुँदैन, विशुद्ध स्वआर्जनबाट सञ्चालन भएको संस्था हो ।’ उनले भनिन् ।
महिला सीप विकास संस्थाले उत्पादन गरेको विभिन्न प्रकारका हस्तकलाका सामग्रीहरु विदेशी मुलुकमा निर्यात गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले बताईन ।
उनका अनुसार हस्तकलाका सामाग्रीहरु अमेरिका, जर्मन, इटाली, क्यानडा, अष्ट्रेलिया, जापान लगायतका देशहरुका निर्यात हुँदै आएको छ ।
करिव २१ हजार महिलाहरुलाई तालिम प्रदान गरेको संस्थाले कोभिडको समयमा ६ सय र अहिले ३ सय ५० जना महिलाहरुले संस्थामा उद्यमी गरिरहेका छन् । संस्थाले वार्षिक रुपमा करोडौं रुपैयाँको हस्तकलाका सामग्री निर्यात गरेपनि कोभिडपछि सामान निर्यातमा कमि आएको जानकारी दिएको छ ।
वि.स २०३२ सालमा अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा महिला सीप विकास संस्थाको स्थापना भएको हो ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

