बुद्ध एयरमा चरा ठोक्किएको होइनः पोखरा विमानस्थल (भिडियोसहित)
पाेखरा | फागुन ९, २०७९

पोखराः सोमबार पोखरा विमानस्थलमा अवतरण गरिरहेकोबेला बुद्ध एयरसँग चिल ठोक्किएर झरेको भिडियो बाहिरिएपछि यसबारे सर्वसाधारणको जिज्ञासा बढेको छ ।
भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्टिने व्यक्ति इश्वर क्षेत्री हुन् । यस भिडियोको आधिकारिता खोज्ने क्रममा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलका प्रमुखसँग सम्पर्क गर्दा उनले बुद्ध एयरको विमानसँग चिल ठोक्किएको अस्वीकार गरेका छन् ।
‘सामाजिक सञ्चालमा भिडियो आएपछि सर्वसाधारणको जिज्ञासा बढ्नु स्वभाविक हो’, गौतमले भने, ‘हिजो सार्वजनिक भएको भिडियोबारे मलाई पनि जानकारी आएको थियो, हेरें तर कहिलेको हो, कहाँ हो, यसबारे कुनै रिपोर्टिङ छैन ।’
बुद्ध एयर पोखराका म्यानेजर गौतम बरालले भिडियोमा सत्यता नभएको दावी गरेका छन् । ‘जहाजसँग चराहरु ठोक्किए क्षति पुग्छ तर जहाजमा कुनै क्षति भएको देखिएन’, गौतमले भने, ‘हिजो काठमाडौंबाट पोखरा आएको जहाज पुनः काठमाडौं नै फर्केको छ, जहाजमा कुनै समस्या छैन ।’
सामाजिक सञ्जालमा भाइरल भिडियोमा भने जहाज उड्दै गर्दा दुई वटा गिद्ध वेगसँग झरेको देखिन्छ ।
भिडियोग्राफर क्षत्रीले भने घुम्न जानेक्रममा मोबाइलबाट जहाजको भिडियो खिच्नेक्रममा उक्त दृश्य कैद भएको सुनगाभा न्यूजसँग बताएका छन् । उनले भने, ‘मैले खिचिरहँदा जहाज क्रस भएपछि चीलजस्तो देखिने चरा रन्थनिँदै झरेको छ । जुन भिडियोमा प्रष्टै छ ।’
(भिडियोसहित)
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...