टर्की भूकम्प:  मृत्यु हुनेको संख्या ४८ सय नाघ्यो

काठमाडाैं | माघ २४, २०७९

टर्की भूकम्प:  मृत्यु हुनेको संख्या ४८ सय नाघ्यो photo: agency


काठमाडौं:  टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ सय नाघेको अन्तर्राष्ट्रिय मिडिया बिबिसीले जनाएको छ । साथै हजारौँ संख्यामा घाइते भएका छन् ।


सोमबार बिहान स्थानीय समयअनुसार ०४:१७ मा (०१:१७ GMT) पहिलो भुकम्प ७.८ म्याग्निच्युडको गएको थियो ।  बिबिसीका अनुसार पहिलो भुकम्प पछि टर्किमा मात्रै ३ हजार ३ सय ८१ जनाले ज्यान गुमाएका र १५ हजार भन्दा बढि घाइते भएका छन् । 


करिब १३ घण्टा पछि पुनः दोश्रो शक्तिशाली भुकम्प ७.५ म्याग्निच्युडको गएको थियो । तर त्यसबीचमा सयौं पराकम्प गएका थिए । भुकम्पविदका अनुसार टर्कीको पहिलो भुकम्प अहिले सम्मको सबैभन्दा शक्तिशाली भुकम्प रहेको बताएका छन् । 


सोमबार बिहानको भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको थियो ।     


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्