राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
काठमाडाैं | माघ २४, २०७९
काठमाठौं : राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन्।
पदभार लिनुअघि उपाध्यक्ष अर्यालले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।
पदभार गरेलगत्तै उपाध्यक्ष अर्यालले संघीय संसदमा महिला सांसदहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेको संघीय सचिवालयले जनाएको छ।
माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य रहेकी अर्याल सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

