टङ्कप्रसाद आचार्यको जन्म घरलाई संग्राहलय बनाइने
नवलपरासी | माघ २०, २०७९

नवलपरासी: नेपाली इतिहासको पहिलो राजनैतिक पार्टी प्रजा परिषद्का अध्यक्ष टङ्कप्रसाद आचार्यको नवलपरासी स्थित जन्म घरलाई संग्राहलय बनाइने भएको छ ।
राणा शासन विरुद्धका प्रजातान्त्रिक योद्धा एवं पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको परासी स्थित जन्म घरलाई लुम्बिनी प्रदेश सरकारले संग्राहलय बनाउनका लागि लुम्बिनी प्रदेशबाट ५० लाख रुपियाँ रकम विनियोजन गरेको टङ्क प्रसाद आचार्य प्रतिष्ठानका सदस्य एवं प्रदेश सरकारका पुर्वमन्त्री बैजनाथ चौधरीले बताउनु भयो ।
पूर्व प्रधानमन्त्री टङ्क प्रसाद आचार्यले राणा शासन विरुद्ध सङ्घर्ष गर्नका लागि विक्रम सम्बत १९९३ मा प्रजा परिषद नामको नेपालको पहिलो राजनैतिक पार्टी गठन गर्नु भएको थियो । पूर्व प्रधानमन्त्री आचार्य नेपालको राजनैतिक इतिहासमा छोटो अवधिको पार्टी भए पनि राणा शासनको अन्त्यका लागि गरिएको सङ्घर्षको आधारशिला थियो । नेपाली राजनैतिक इतिहासमा नेपाल प्रजापरिषद पहिलो राजनैतिक पार्टी थियो जसका संस्थापक अध्यक्ष आचार्य हुन् हुन्थ्यो ।
पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित आचार्य जन्मेको घर अहिले जिर्ण अवस्थामा रहेको भए छ भने यो इतिहासको सम्मानका लागि आचार्यको नवलपरासीको जिल्ला मालपोत कार्यालय परिषरमा रहेको जन्म घरलाई टङ्क प्रसाद आचार्यको संग्राहलय बनाउने योजनामा काम अघि बढेको लुम्बिनी प्रदेश पुर्वमन्त्री एवं प्रतिष्ठानका सदस्य चौधरीले बताउनु भएको छ ।
प्रजातान्त्रिक आन्दोलनका अभियन्ता स्वर्गीय टङ्कप्रसाद आचार्य जन्मेको घरलाई पुरातात्त्विक स्मारकको रूपमा संरक्षण गर्नका लागि दुई वर्ष पहिला प्रदेश सरकारले बजेट विनियोजन गरे पनि रामग्राम नगरपालिकाले समयमा काम नगरे पछि संरक्षणको काम अलपत्र परेको थियो ।
प्रजातान्त्रिक आन्दोलनका अगुवा टङ्कप्रसाद आचार्यको जन्म विक्रम सम्बद्ध १९६९ मङ्सिर १७ गते नवलपरासीको सदरमुकाम परासीमा भएको थियो । वहाँका बुवा परासी अड्डामा जागिरे भएको बेलामा टङ्क प्रसाद आचार्यको जन्म परासी मालपोत कार्यालय परिषरमा रहेको घरमा भएको थियो । उक्त भवनलाई ऐतिहासिक स्मारकको रूपमा विकास गरिने गरी प्रदेश सरकारले योजना बनाएको पुर्वमन्त्री चौधरीले बताउनु भयाे ।
आर्थिक वर्ष २०७७-०७८ मा लुम्बिनी प्रदेश सरकारले सो स्मारकको जीर्णोद्धारका लागि सशर्त अनुदानका रूपमा भनेर रामग्राम नगरपालिकालाई ५० लाख रकम उपलब्ध गराएको भए पनि नगरपालिकाले समयमा काम नगरेका कारण उक्त भवनको जीर्णोद्धार हुन सकेको थिएन । टङ्क प्रसाद आचार्य प्रतिष्ठान, लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिकाको सहकार्यमा टङ्क प्रसाद आचार्यको जन्म घरलाई संग्राहलय बनाउने योजना बनाइएको रामग्राम नगरपालिका प्रमुख धनपत यादवले बताउनु भयो ।
राणा शासनको विरोधमा चेतना फैलाए बापत राणा सरकारले धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दलाई फासी दिएका थिए भने ब्राह्मण परिवारका भएकाले रामहरि शर्मा र टङ्क प्रसाद आचार्यलाई आजीवन कारावासको सजाय सुनाएका थिए । आचार्यका बुवा राणा सरकार कै कर्मचारी गर्ने भए पनि टङ्क प्रसादले राणाको कार्य प्रति विरोध गर्ने गर्नु भएको थियो ।
तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको मा...
पोखरा: वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाकाे पाख्...
चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...