विराटनगरबाट १८ किलो गाँजा बरामद
विराटनगर | माघ १५, २०७९
विराटनगर: विराटनगरबाट प्रहरीले आइतबार बिहान अन्दाजी १८ किलो गाँजा बरामद गरेको छ।
विराटनगर महानगरपालिका–६ र ११ को सिमानास्थित केशलिया नहरबाट प्रहरीले मोटरसाइकलसहित लागूऔषध गाँजा बरामद गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीलाई देख्नासाथ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १३ प ४६६८ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएका थिए।
मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
उनका अनुसार मोटरसाइकलमै रहेको झोलाभित्र २१ वटा पोका गाँजा भेटिएको थियो। सबै गरेर लगभग १८ किलो गाँजा रहेको कोइरालाले बताए।
प्रहरीले गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। फरार रहेका चालकको भने खोजी तीव्र पारिएको एसपी कोइरालाले बताए। उनका अनुसार चालकको पहिचान खुल्न बाँकी छ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

