पहिचान बनाउँदै ‘चिता हाउस’

काठमाडाैं | माघ १५, २०७९

पहिचान बनाउँदै ‘चिता हाउस’

म्याग्दी:  पछिल्लो समय भाइरल बस्ती भनेर चिनिने बेनी नगरपालिका –१ रत्नेचौरको तोरीको फाँटनजिकै रहेको चिता हाउस सञ्चालनको छोटो अवधिमै पहिचान बनाउन सफल भएको छ । दुई दाजुभाइले सुरु गरेको चिता हाउस सञ्चालनको दुई वर्षको अवधिमा आफ्नो पहिचान बनाउन सफल भएको हो । 


कुनै समय स्याल र चितुवाको बासस्थान मानिने तल्लो रत्नेचौरमा भारतीय सेनाबाट सेवा निबृत्त हुनुभएका बीरबहादुर र करिब १२ वर्ष बैदेशिक रोजगारीमा भौतारीनु भएका भाइ हरिबहादुर खत्रीले थाल्नुभएको व्यवसाय अहिले फष्टाउँदैगएको छ । दुई जनाले आफ्नो झण्डै खेर गएको अवस्थामा रहेको जग्गामा कटेजसहितको रेष्टुरेण्ट तथा बार सञ्चालनमा ल्याएपछि अहिले रत्नेचौर क्षेत्रमा आउने पर्यटकका लागि सुविधासहितको खाने बस्ने व्यवस्था भएको छ ।


चिता निकै द्रुत गतिमा दौड्ने मांसाहारी जनावर हो । भारतीय सेनामा निकै दुर्गम स्थानमा ड्युटीमा रहेको समयमा एपेण्टीसाइडले च्याप्दा भारतीय सेनाको चीता नामक हेलिकोप्टरले रेस्कु गरेर आफूलाई जिवनदान दिएको हुँदा त्यही छिटो दौड्ने चिताकै नामबाट व्यवसायको नाम राखेको बीरबहादुरको भनाइ छ । 


बैदेशीक रोजगारीमा जाँदा सोचेजस्तो कमाइ हुन नसकेपछि दाजुभाइ मिलेर नेपालमै व्यवसाय गर्ने सोचले यस क्षेत्रमा लागेको हरिबहादुर खत्रीले बताउनुभयो । दुई भाइसँगै ३ जना कुक र ६ जना सहयोगी गरी ११ जनाले चिता हाउसबाट प्रत्यक्ष रोजगारी पाएका छन् ।


४० लाख रुपियाँको लागतमा २०७७ कात्तिक २६ गतेबाट सञ्चालनमा आएको चिता हाउसमा अहिलेसम्म झण्डै दुई करोड लगानी भएको बीरबहादुर खत्रीको भनाइ छ । नयाँ पुस्ताले एकान्त साथै सुविधा खोज्ने भएकाले नै रत्नेचौरको यस क्षेत्रमा आफूहरुले व्यवसायको स्थान पहिचान गरेको उहाँले बताउनुभयो । १२ रोपनी क्षेत्रफलमा फैलिएको चिता हाउसमा तीन वटा क्याम फायर, ४ एट्याच रुमसहित ५० जनाको बास बस्न मिल्छ । 


चिता हाउसकै कम्पाउण्डमा फरक फरक स्थानमा दुई वटा बनभोज स्थल रहेकाले पनि म्याग्दी तथा बागलुङका बासिन्दाहरुलाई बिदा मनाउन नजिकै आरामदायी स्थान मिलेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरी क्षेत्रीय शाखा प्रबन्धक देवेन्द्र क्षेत्रीले बताउनुभयो । 


यस क्षेत्रमा सुविधासहितको व्यवसायको आवश्यकतालाई चिता हाउसले परिपूर्ति गरेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । 

म्याग्दी:    मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।  हालै भित्...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँद...

थप पढ्नुहोस्

कास्की:     पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ ।  सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्...

थप पढ्नुहोस्