गण्डकी सभामुख कृष्णप्रसादद्धारा पार्टी परित्याग
पाेखरा | माघ १२, २०७९
पोखराः गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पार्टी सदस्यता परित्याग गरेका छन् । सभामुख भएपछि स्वत पार्टी परित्याग गर्नुपर्ने भएकाले सभामुखमा निर्वाचित भएकै दिन पार्टीबाट अलग भएको धितालले बताएका छन् ।
पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय तरिकाले निर्वाह गर्न संवैधानिक प्रावधानप्रति प्रतिवद्ध भइ पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उनको भनाइ छ ।
धिताल पुस ३० गते सभामुखमा निर्वाचित भएका थिए । धिताल माओवादी केन्द्र गोरखा १ को (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...
हेमजा: कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

