पोखरामा लागूऔषधसहित सुजन प्रकाउ

पाेखरा | माघ ११, २०७९

पोखरामा लागूऔषधसहित सुजन प्रकाउ

पोखराः    जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई प्रकाउ गरेको छ । 


लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको टोलीले पोखरा महानगरपालिका १७ शितलपथ स्थित चेकजाँच गर्ने क्रममा पोखरा महानगर २० स्थायी घर भई पोखरा १७ शितलपथ बस्ने बस्ने २२ वर्षीय सुजन गुरुङलाई प्रकाउ गरेको हो । 


प्रहरीले गुरुङको घरको कोठाबाट डाईजापाम १०० एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९५ एम्पुल गरी २९० एम्पुल लागूऔषध बरामत गरेको हो । 


प्रकाउ परेका गुरुङलाई जिल्ला अदालत कास्की लागूऔषध सम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी  अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्