सुनको मूल्य उच्च बिन्दुमा पुग्दा कारोबार प्रभावित
काठमाडाैं | माघ १०, २०७९

काठमाडौं: सुनको मूल्य ११ महिनापछि हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सुनको कारोबार प्रभावित भएको छ । मूल्य बढेका कारण नयाँ गहनाको बिक्री ठप्प जस्तै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारको मूल्यले सुनको कारोबार ठप्प जस्तै भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘केही सातादेखि गत वर्ष बराबरकै उच्च बिन्दुमा सुनको कारोबार भइरहँदा नै बजार प्रभावित भएको थियो,’ उनले भने, ‘तर मंगलबारको मूल्यले नयाँ गहनाको कारोबार ठप्प जस्तै छ । बरु पुरानो गहना बिक्री गर्न आउनेहरु बढेको जानकारी व्यापारीहरुबाट आएको छ ।’
अति आवश्यक परेका सानो समूहबाहेकले सुन खरिद नगरेको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा हुने लगानी बढ्दा मूल्य बढेको महासचिव बज्राचार्यको भनाइ छ । अहिले सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ ।
नेपालभर रहेका करिब ८ हजार सुन पसलले दैनिक २० किलो हाराहारी सुन खपत गर्ने महासंघको भनाइ छ ।
यसअघि २५ फागुन २०७८ मा सुनको मूल्य हालसम्मकै उच्च बिन्दु एक लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
बलेवा: मध्य पहाडी लोक मार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्य पहा...
ढोरपाटन: अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड ...
कपिलवस्तु: कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपू बस्तीमा गोरु मार्ने क्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परे...