पूर्वी नवलपरासीमा बढ्यो तोरी उत्पादन

नवलपरासी | माघ ९, २०७९

पूर्वी नवलपरासीमा बढ्यो तोरी उत्पादन फाइल तस्बिर

कावासोती:   पूर्वी नवलपरासीमा यो वर्ष गत वर्षको तुलनामा तोरी उत्पादन बढेको छ। 


यहाँको गैँडाकोट, देवचुली, मध्यबिन्दु, कावासोती नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा तोरी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो। गत वर्ष जिल्लामा छ करोड बढीको तोरी उत्पादन भएकोमा यो वर्ष सात करोड बढीको तोरी उत्पादन भएको प्रारम्भिक तथ्याङ्क रहेको कृषि प्राविधिक राजेन्द्र गौडेलले बताउनुभयो।


यो वर्ष तोरीमा दाना राम्रो फलेको, तोरीको बाक्लो ठूला बोटसमेत रहेकाले तोरी उत्पादन गत वर्षको तुलनामा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख लामिछानेले बताउनुभयो। 


कृषकहरू तोरीबाली नलगाउने, तेल किनेर खाने प्रचलन बढन् थालेपछि तोरी खेतीतर्फ कृषकलाई थप आकर्षित बनाउन कृषि ज्ञान केन्द्रले कृषकलाई समय समयमा तालिम दिने र यसको महत्वका बारेमा जानकारी दिने गरेको छ। 


पूर्वीनवलपरासीको गैँडाकोटमा गत वर्षको तुलनामा यो वर्ष तोरी उत्पादन दोब्बर बढेको र तोरी खेती गर्दै आएका कृषक ओमनाथ तिवारीले बताउनुभयो। यो वर्ष तोरीको बोट राम्रोसँग बढेकाले दाना पनि फसल पनि राम्रो भएको कृषक तिवारीले बताउनुभयो। 


जिल्लामा तोरी उत्पादन राम्रो भएकाले  किसानहरू खुसी भएको प्रगतिनगरका कृषक धर्मराज बस्यालले बताउनुभयो। गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले कृषकलाई कृषि पेसामा आत्मनिर्भर बनाउन र कृषि खेतीतर्फ जागरुक बनाउन पालिकाले योजना नै बनाएर अघि बढेको बताउनुभयो। 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्