पोखरामा कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता भोलिदेखि

पाेखरा | माघ ८, २०७९

पोखरामा कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता भोलिदेखि

पोखराः   गण्डकी विश्वविद्यालयको आयोजनामा प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता-२०७९ हुने भएको छ । आयोजक गण्डकी विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट हुन लागेको जानकारी गराएको हो ।


माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका १२ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएको प्रतियोगिताका संयोजक डा. मधुसुदन सुवेदीले बताए । ‘हामीले ५ गतेसम्म दर्ता मिति राखेर प्रदेशका सबै माध्यमिक विद्यालयलाई जानकारी गराएका थियौैं, १२ वटा विद्यालयले नाम दर्ता गराउनुभएको छ,’ उनले भने, पहिलो पटक भएर होला अपेक्षा गरेअनुसारको टिम आउन सकेन ।’


प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको डिग्री कार्यक्रमको समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको खेलकुद व्यवस्थापन संकायको संयोजक सुवेदीले बताए । 


प्रतियोगिताका सम्पूर्ण खेलहरू नकआउट चरणमा हुनेछन् । माघ ९ गतेबाट सुरु हुने प्रतियोगिताका सेमिफाइनलको खेल माघ १२ गते र फाइनल खेल माघ १३ गते हुने आयोजकले जनाएको छ । पहिलो खेल र फाइनल खेल पोखरा रंगशालाभित्रको गाउण्डमा हुनेछ भने बाँकी खेल पोखरा रंगशाला बाहिरको गाउण्डमा हुनेछ । ‘सिमित स्रोत र साधनले गर्दा प्रतियोगिताको बाँकी खेल मुख्य गाउण्ड बाहिर गरेका हौं,’ सुवेदीले भने ।


उक्त प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल  प्राप्त गर्ने प्रतियोगिता संयोजक सुवेदीले बताए । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ ।


यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।  


यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिरहेको संयोजक मधुसुदन सुवेदीले बताए । 


समग्र खेलकुदको विकास, सम्बर्धन, प्रबर्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउने उद्देश्यले विश्वविद्यालयले उक्त प्रतियोगिता आयोजना गरेको विश्वविद्यालयको रजिष्टार कैलाश तिमिल्सिनाले बताए । यस वर्षदेखि कुलपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरेका छौं, यो प्रतियोगिता हरेक वर्ष सञ्चालन हुन्छ,’ उनले भने, ‘यसले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’


२०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनरत छन् । 
 

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्