उपकार बचतको बार्षिकोत्सवको अबसरमा रक्तदान
पाेखरा | माघ ७, २०७९
पोखराः पोखरा महानगर पालिका वडा नं ६ लेकसाइड बैदामस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले शनिबार १४औं बार्षिक उत्सबको अबसर पारेर रक्तदान तथा रक्त परिक्षण कार्यक्रमको आयोजना गरेको छ । संस्थाले बार्षिक कार्यक्रम अन्तरगत रक्तदान गर्दै आएको र सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको संस्थाको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले रक्तदाता तुलसी दाहाललाई ब्लड ब्याग हस्तारन्तरण गरि, कार्यक्रमको शुभारभ्भ गर्दै “रक्तदान जत्तिको पवित्र कार्य अन्य नहुने” बताए । उनले सहकारीले गरेको कामको प्रशंसा गरे । अध्यक्ष भट्टराईले “रक्त दान जिवन दान” भन्ने नारालाई सार्थक बनाउनका लागि ‘रक्तदान’को बारेमा स्थानिय स्तरमा प्रचारप्रसार गरि महत्व बुझाउनु पर्नेमा जोड दिए ।
थाइराड, मधुमेह तथा हर्मोन रोग विषेशज्ञ डा. रमेश राज आर्चायले थाइराड तथा मधुमेह रोग मानिसको खानपिन र बानीब्यहोरा सुधार गरेमा बच्न सकिने जानकारी दिदै, सचेत रहन आग्रह गरे ।
संस्थाका अध्यक्ष सुर्यनाथ पहारीले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताए । अध्यक्ष पहारीले सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता दिने सुनाए ।
कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस का्रस्कीका अध्यक्ष डण्डराज पौडेल, यु आर यल पोखराका अध्यक्ष ठाकुर पन्त, माता तालबाराही आरतिका अध्यक्ष मंगल नेपाली, संस्थाका कोषाध्यक्ष बैकुण्ठ ढुगाना, शिशु स्याहार बैदामका अध्यक्ष संगिता बराल र कार्यक्रम संयोजक मादब थापा लगाएतले रक्तदान जत्तिको महत्वपूर्ण र पवित्र कार्य अन्य नहुने भन्दै रगतको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष सुर्यनाथ पहारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा पहारीले स्वागत र सचिव सुन्दरराज पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा यु. आर. यल पोखराको प्राविधिक सहयोगमा करिब १ सय जनाको थाइराइड तथा मधुमेह रोगको निशुल्क रक्त परिक्षण गरिएको थियो ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

