बसको ठक्करबाट एक महिलाको मृत्यु
पाल्पा | पुस २८, २०७९
पाल्पा: जिल्लाको तानसेन–१२ लुहुङ्मा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो लु १ ख ८३६१ नम्बरको बसले ठक्कर दिँदा तानसेन–१२ की ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।
अर्गली तानसेन भित्री सडकखण्डको सडक भएर गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा विश्वकर्मा गम्भीर घाइते हुनुभएको थियो । विश्वकर्मा सोही बसबाट झरेर घरतर्फ जाँदै गर्दा सो घटना भएको हो ।
गम्भीर घाइते हुनुभएको विश्वकर्मालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको थियो । तर, घाइते विश्वकर्मालाई चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए । घटनापछि प्रहरीले बस चालक र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

