सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या तीन

काठमाडाैं | पुस २८, २०७९

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या तीन

सप्तरी:  सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । राजविराज नगरपालिका(११ झल्लहीमा आज रामजानकी मन्दिरका ९२ वर्षीय महन्थ बालगोविन्द दासको चिसोका कारण कठ्याग्रिएर मृत्यु भएको हो ।


राति खाना खाएर सुतेका उनको चिसोले कठ्याग्रिएर मृत्यु भएको राजविराज नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष उदित यादवले जानकारी दिनुभयो ।


यसैगरी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर ६५ बर्षीय कपलेश्वर सदा रहेको मृत्यु भएको छ ।


यसअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय देवु सदाको चिसोले कठ्याग्रिएर मृत्यु भएको थियो ।


बिगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर बन्दै गइरहेको छ ।


चिसो बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालय समेत बन्द गरेका छन् ।(

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्