रञ्जित गाउँमा माघे संक्रान्ति मेला हुँदै

पाेखरा | पुस २८, २०७९

रञ्जित गाउँमा माघे संक्रान्ति मेला हुँदै

पोखरा:  पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा ६६ औं माघे संक्रान्ति मेला हुने भएको छ । 


रिंजे नासाले परिचित गाउँमा नौधारे सिद्ध बराह युवा क्लबको आयोजनामा पुस २८ गतेदेखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष शम्शेर गुरुङले जानकारी दिए । मेलामा भलिबलसहित अन्य खेल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिने उनले जानकारी दिए । रिंजे नासामा गाउँमा २०१३ सालदेखि माघे संक्रान्ति मेला आयोजना गरिएकाले यसको निरन्तरता दिएको अध्यक्ष गुरुङले जानकारी दिए । ‘२०१३ सालदेखि नै यहाँ माघे संक्रान्तिको दिन नौ धारामा स्नान गरी तरुल र मासको टिका लगाई आर्शिवाद लिने साथै कन्यहरुलाई सोहि टिका लगाई आर्शिवाद दिने चलनको थियो,’ उनले भने, ‘त्यसपछि ठेलो मात्र हानिन्थ्यो भने केही वर्षदेखि हामीले केही परिमार्जन गरेर मेला आयोजना गरिरहेका छौं ।’ 


साविक अर्मला गाविस ५ हाल पोखरा १६ स्थित यस रञ्जित गाउँ महेन्द्र गुफाबाट करिब ५ किलो मिटरको दुरीमा छ । पहिले गाउँमा ४० घरधुरी रहेकोमा आधुनिकतासँगै बसाईसराईले गर्दा गाउँ रित्तो हुन थालेपछि गाउँमा अध्यक्ष गुरुङको पहलमा विभिन्न कार्यक्रम गरिंदै आएको छ । त्यही अनुरुप गाउँको मेलालाई आधुनिकतासँगै परिमार्जित गरि गाउँ चिनाउन लागिपरेको उनले जानकारी दिए । 


बसाईसराई रोकी युवा जनशक्तिलाई गाउँमै रोजगार दिलाउने उदेश्यले केही कृषि फर्महरु दर्ता गरी हामे स्टे समेत सञ्चालन गरी आईरहेको उनले बताए । गाउँ नजिकै रहेका नौ धारे सिद्ध बराह मन्दिरमा  टाढा टाढाबाट पनि भक्तजनहरु जाने भएको हुँदा दर्शनाथीहरुको भिड लाग्ने उनको भनाई थियो । रञ्जित गाउँदेखि उत्तर तिर पर्ने मुलकोट भुमी पाँक डाँडा, नागी डाँडा जस्ता सुन्दर ठाउँमा रमाउन सकिने क्लबको उपाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए । यहाँको प्राकृतिक सुन्दरतासँगै नौ धारे सिद्ध बराह मन्दिरलाई धर्मिक पर्यटकीय स्थलका रुपमा विकास निर्माण गर्न मेलाले सहयोग पुग्ने उपाध्यक्ष तामाङले बताए । 
 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्