कम्बोडिया आगलागी: मृतक निराकार पाण्डेको शव नेपाल ल्याउन ढिलाइ
काठमाडाैं | पुस २८, २०७९
काठमाडौँ: कम्बोडियामा भएको आगलागीको घटनामा ज्यान गुमाएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन ढिलाइ भएको छ । शव ल्याउन नेपालबाट आवश्यक डकुमेन्ट कम्बोडिया पुगिसकेपनि त्यहाँको सरकारी पक्षबाट प्रमाणीकरण नहुँदा ढिलाइ भएको हो ।
एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले आवश्यक डकुमेन्ट नेपालबाट पठाइसकेको जानकारी दिँदै घटना भएको मुलुकले प्रमाणीकरण गरेसँगै शव ल्याइने बताए । त्यसका लागि कम्बोडियाको आन्तरिक मन्त्रालयमा फाइल पेस भइसकेको छ । तर, अधिकारीहरुले डकुमेन्ट प्रमाणीकरणमा ढिलाइ गर्दा शव नेपाल पठाउन नसकिने उनको भनाइ छ । आन्तरिक मन्त्रालयका अधिकारीले बिहीबारका लागि पुनः फाइल प्रमाणीकरणका लागि बोलाएको बताइको छ।
आज फाइल प्रमाणीकरण भएमा तीन–चार दिनभित्र शव नेपाल पुग्नसक्ने उनको भनाइ छ । पाण्डेको थाइल्याण्डको सीमा नजिकै पर्ने पोपेइ सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगालागीमा मृत्यु भएको थियो ।
आगलागीबाट ज्यान जोगाउन १२ औं तलामाथिबाट हामफाल्दा उनको मृत्यु भएको हो । डकुमेन्ट प्रमाणीकरण भएपछि घटनास्थलस्थित अस्पतालबाट कम्बोडियाको राजधानी फेनाम पेन हुँदै नेपाल ल्याइने बताइएको छ । घटनास्थलबाट राजधानी शव पठाउनै करिब १० घण्टा लाग्ने बताइएको छ ।
निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले चासो दिँदै छिटो शव नेपाल ल्याउन अधिकारीहरुलाई निर्देशन दिएका थिए । शव नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निर्णय गरिसकेको छ । शव नेपाल ल्याउन कम्बोडिया समेत हेर्ने थाइल्याण्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ। दूतावासलाई एनआरएनए कम्बोडियाले पनि सहजीकरण गरिरहेको छ।
गण्डकी: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा कारण सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ लि कास्कीको नवनिर्मित भवन...
मकवानपुर: मकवानपुरको हेटौँडामा यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । वीरगन्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्र...
म्याग्दी: मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो । हालै भित्...