गण्डकीका मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ
पाेखरा | पुस २५, २०७९
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
अधिकारीले ३ जनालाई मन्त्रीमा पनि नियुक्त गरेका छन् ।
राप्रपाबाट पञ्चराम गुरुङ, नेकपा माओवादी केन्द्रबाट हरिबहादुर चुमान र एमालेबाट सीता सुन्दास मन्त्री नियुक्त भएका छन् । विना विभागीय मन्त्री बनेका उनीहरुले मुख्यमन्त्री अधिकारीपछी प्रदेश प्रमुख गुरुङबाट शपथ लिएका छन् ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

