पोखरा १९ मा निस्शा वितरण शुरु

पाेखरा | पुस २४, २०७९

पोखरा १९ मा निस्शा वितरण शुरु

पोखरा:  पोखरा महानगरपालिका वडा नं १९ ले वडा भित्रका दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेका परिवारलाई जग्गा धनी दर्ताको निस्शा वितरण शुरु गरेको छ।


राष्ट्रिय भुमि आयोगको निर्देशिको अनुसुची ६को प्रयोजनको लागि  सुकुम्बासी समस्या समाधान आयोगको सिफारिस अनुसार त्यस वडाका ३ सय ८ परिवारलाई निस्सा वितरण शुरु गरिएको वडा सचिव श्रीराम पौडेलले जानकारी दिनुभयो।


वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रमकाबीच वडाध्यक्ष पुष्पेन्द् पाण्डेले निस्सा वितरण कार्यको थालनी गर्नुभएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले सरकारले शुरु गरेको अभियानलाई सार्थक बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले पोखरा १९ मा कोही पनि भुमि हिन हुनुपर्ने अवस्था नआउने गरी आफुहरुले काम गर्ने बताउनुभयो।


कार्यक्रममा एमाले पोखरा १९ का सचिव विकास गौतम, नेपाली कांग्रेसका विष्णु प्रसाद बास्तोला, वडा कार्यालयका सुर्य बहादुर नेपाली , वडा सदस्य दुर्गा देवी बस्नेत, विकास आचार्य, वडा सदस्य कल्पना सुनार लगायतले मन्तव्य राखेका थिए।


कार्यक्रमको सञ्चालन सचिव श्रीराम पौडेलले गर्नुभएको थियो। उक्त वडामा ३०८ जना भुमि हिन  दलित, भुमि हिन सुकुम्बासी,  र अव्यवस्थित बसोबास गरेका छन्। कार्यक्रममा निस्सा प्राप्त गरेकाले अव छिट्टै जग्गा धनी प्रमाण पुर्जा पाउने विस्वास व्यक्त गरेका छन्।

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्