लागू औषधसहित एक पक्राउ
पाेखरा | पुस २२, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं.२३ घाटछिना बस्ने ३२ वर्षीया याम बहादुर गुरुङलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त लागू औषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
गुरुङको साथबाट डाईजापाम १६ एम्पुल, फेनेरागन १६ एम्पुल र नर्फिन १६ एम्पुल गरी जम्मा ४८ एम्पुल लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
गुरुङलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...
काठमाडौं: विगत १४ वर्षदेखि नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) मा सक्रिय केन्द्रीय महासचिव रोशन थापा मगरले संगठन छाडेका छन्। नेकपा माओवादी केन्द्रसमेत छाडेका उनले आफूलाई जनार्दन शर्मा प्रभाक...

