शुक्लागण्डकीका क्रसर उद्योगमा प्रहरीको ताला
तनहुँ | पुस २२, २०७९
तनहुँ: शुक्लागण्डकीका क्रसरमा प्रहरीले चाबी लगाएको छ । गृहमन्त्रालयले अवैधानिक रुपमा सञ्चालनमा रहेका क्रसहरु बन्द गर्न निर्देशन दिएसँगै शुक्लागण्डकीका क्रसरमा चाबी लगाइएको हो ।
शुक्रवार इलाका प्रहरी कार्यालबाट खटिएका प्रहरीले क्रसरमा चाबी लगाएका हुन् । क्रसर व्यवसायीले भने बन्द गर्न कुनैपनि कागजात नदिई एक्कासी चाबी लगाएको भन्दै आपत्ती जनाएका छन् । शुक्लागण्डकी–२ स्थित खनाल गिटी बालुका अध्यक्ष लिलाधर बरालले दुई दशकअघि सबै प्रक्रिया पुरा गरि क्रसर सञ्चालन गरेको बताउदै विना सुचना र जानकारी विना छापामार शैलीमा चाबी लगाएकोमा आपत्ती प्रकट गरे । क्रसरहरु एक्कासी बन्द विकास निर्माणका कार्यमा अवरोध पुग्ने हुदा तत्काल सच्याउनुपर्नेमा जोड दिएका छन् ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालले जिल्लाबाट आएको निर्देशन अनुसार कार्यान्वयन गरिएको बताए । जिल्ला अनुगमन समितिको विहिवार भएको बैठकले कानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत सञ्चालन अनुमति नलिाई सञ्चालनमा रहेका ढुंगा, गिटी, रोड तथा बालुवा उत्खनना प्रशोधन कार्यमा सलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिएको थियो । अनुगमन समितिको बैठकको निर्णय कार्यान्वयनमा सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय तनहुँले नेपाल प्रहरी र शसस्त्र प्रहरीले पत्र लेखेको थियो ।
अनुगमन समितिले उद्योगहरुमा मौज्दात रहेका कच्चा तथा प्रशोधित नदीजन्य पदार्थहरुको स्टक प्रमाणित गरी सोको विवरण एक हप्ता भित्र जिल्ला अनुगमन समिति र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन भनेको छ । जिल्ला अनुगमन समितिका अनुसार तनहुँका दर्ता नगरि सञ्चालन भएका, नविकरण नभएका र उदेश्य विपरित सञ्चालन भएका २० वटा उद्योग छन् । यसमध्य १४ वटा शुक्लागण्डकी नगरपालिकामा रहेका छन् । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने गरि अनुगमन समिति रहेको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले शनिवारसम्म बन्द गरिएका उद्योगको विवरण आउने बताए ।
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...
काठमाडौं: विगत १४ वर्षदेखि नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) मा सक्रिय केन्द्रीय महासचिव रोशन थापा मगरले संगठन छाडेका छन्। नेकपा माओवादी केन्द्रसमेत छाडेका उनले आफूलाई जनार्दन शर्मा प्रभाक...

