प्याराग्लाइडिङको नयाँ रुट: ‘मान्द्रेढुंगाबाट टेकअफ, पामेमा ल्यान्डिङ’
पाेखरा | पुस २२, २०७९
पोखरा: अंग्रेजी नयाँ वर्ष २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण पोखरा १८ सराङ्कोट र तोरीपानीबाट हुदै आएको प्याराग्लाइडिङ उडान अब मान्द्रेढुंगाबाट हुने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलका लागि कन्ट्रोल एयर स्पेसमध्ये बढी ट्राफिक गतिविधि हुने १० नटिकल माइलभित्र पर्ने भएकाले मान्द्रेढुंगाबाहेक सराङ्कोट र तोरीपानी क्षेत्रलाई बन्द गरिएको हो ।
नागरिक उड्ययन प्राधिकरणले नेपाल हवाई खेलकुद सघं (ना) लाई पत्र पठाउँदै सराङ्कोट र तोरीपानीको रुट बन्द गर्न निर्देशन दिएको प्याराग्लाइडिङ व्यवसायी तथा नाका पूर्व महासचिव बलराम आचार्यले बताए ।
उनका अनुसार अब पोखरा महानगरपालिका २४ मान्द्रेढुंगाबाट प्याराग्लाईडिङ उडान हुनेछ भने शंखपुर पामे क्षेत्रमा अवतरण हुनेछ । यद्यपी यसअघि पनि मान्द्रेढुंगा क्षेत्रबाट उडान हुदै आएको थियो । तर सराङकोट, पहिलो प्राथमिकतामा र तोरीपानी दोस्रो प्राथमिकतामा रहदै उडान हुदै आएको थियो । ‘सराङ्कोट १ नम्बरमा, २ नम्बरमा तोरीपानी र तेस्रोमा बल्ल मान्द्रेढुंगा थियो, व्यवसायी आचार्यले सुनगाभा न्यूजसँग भने, ‘अब १ र २ नम्बरकै प्याराग्लाइडिङ जोन बन्द गर्ने पत्रपछि मान्द्रेढुंगाबाटै गर्ने भएका छौं ।’
उनले पहिलेको उडान क्षेत्रबाट करिब ४ किलोमिटरको दुरीमा स्थानान्तरण भएको सुनाए । ‘पहिलेको ठाउँबाट करिब ४ किलोमिटर पर हो मान्द्रेढुंगा । त्यहाँबाट उडेपनि ल्याण्डिङ पामेक्षेत्रमा हुन्छ ।’ आचार्यले भने ।
उनका अनुसार यतिबेला मान्द्रेढुंगामा पूर्वाधार निर्माणाधिन भएकै कारण केही दिनका लागि प्याराग्लाइडिङ बन्द छ । ‘अहिले मान्द्रेढुंगामा पूर्वाधार बन्दै छ, उनले भने, ‘त्यही भएर केही दिनका लागि बन्द छ । एक÷दुई दिनमै अब सञ्चालनमा आउँछ ।’
सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङ उडान सुरु गरिएको थियो । तर सन् २००० देखिमात्र कम्पनी स्थापना गरेर व्यवसायिक उडान भएको थियो ।
हालसम्म आइपुग्दा नेपाल हवाई खेलकुद सघं (ना) मा ६० प्याराग्लाइडिङ कम्पनी आवद्ध छन् भने ३ सय ५० प्यारापाइलटले उडान अनुमतिपत्र लिएका छन् ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

