संकटा क्लब २२ औं आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा
पाेखरा | पुस २०, २०७९
पोखराः सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लब फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै संकटा दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । संकटाको जितमा क्यामरुनी फरवार्डद्वय स्टेफन बिनोङ र मेसुके ओलोमोउले२–२ गोल गरे । एपिएफका हरि कार्कीले गरेको गोल सान्त्वना सावित भयो । खेलमा संकटाका गोलरक्षक टिकेन्द्र थापाले पनि केहि उत्कृष्ट बचाउ गरे ।
यसअघि संकटाले २०७७ सालमा भएको २० औं संस्करणमा उपाधि जितेको थियो । गत संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको एपिएफ यसपटक भने सेमिफाइनलमा पराजित भएको हो ।
खेलको पाँचौ मिनेटमा बिनोङले एपीएफको डिफेन्समा भएको समन्वयको कमजोरीको फाइदा उठाउँदै गोल गरे । डिफेन्डर दीपेश धिमाल र गोलरक्षक राजु नगरकोटीबीच राम्रो समन्वय हुन नसक्दा बिनोङले गोल गरे । गोलरक्षक राजु निकै अघि बढेको अवस्थामा बिनोङले बल खोस्न गरेको प्रयास नै खाली पोस्टमा गोल भएको थियो ।
४३ औं मिनेटमा मेसुकेले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ६१ औं मिनेटमा बिनोङले व्यक्तिगत दोस्रो गोल गरे । खेलमा एपिएफका वैकल्पिक फरवार्ड हरि कार्कीले ७३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर मेसुकेले ८५ औं मिनेटमा सुन्दर गोल गर्दै संकटाको जित पक्का गरे ।
संकटाले अब शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । विहीबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र भुटानी युथ स्पोर्ट्स क्लबले खेल्नेछन् । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

