नयाँ एयरपोर्टको दैनिकी: ‘गन पड्काउदै, प्लेन उडाउँदै’

पाेखरा | पुस २०, २०७९

नयाँ एयरपोर्टको दैनिकी: ‘गन पड्काउदै, प्लेन उडाउँदै’

कास्की:  नेपालकै तेस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा पोखरामा नयाँ विमानस्थल जनवरी १ देखि सुचारु छ ।  तत्कालका लागि अन्तरराष्ट्रिय उडान भर्न नसकेको सो विमानस्थलले आन्तरिक उडान भने भर्दै आएको छ ।

 

विमानस्थल सञ्चालनको पूर्वसर्तका रुपमा  पोखरा महानगरपालिका २६ को रिठेपानी डाँडा कटान र पोखरा १४ को ल्याण्डफिल साइट थियो ।

 

हाललाई विमानस्थललाई आवश्यक रिठेपानी डाँडाको कटान भइसकेको छ भने पोखरा महानगरपालिका ल्याण्डफिल साइटको व्यवस्थापनमा लागिरहेको छ ।
 

महानगरपालिकाको १० औं बैठकले पोखरा ३२ लामेआहालमा तीन महिनाका लागि फोहोर व्यवस्थापन गर्ने निर्णय गरेपश्चात काम भइरहेको छ । र पहिले प्रयोगमा रहेको पोखरा १४ को बाच्छेबडुवामा फोहोर लाने कार्य बन्द गरिसकेको छ । 
 

यद्यपी नयाँ विमानस्थल परिसरमा चरा तथा चिलहरुले व्यापक गतिविधि बढाइरहेको छ । तिनै चरा र चिलहरुकै कारण जहाजको उडान र अवतरणमा जोखिम बढिरहेको छ । त्यसैले यतिबेला विमानस्थलले ‘बर्ड स्केयरिङ डिभाइस गन’ पड्काउदै प्लेन उडाउदै आएको छ । 
 

स्थानीयबासीले बताए अनुसार विमानस्थल सञ्चालनमा आएदेखि दैनिक ४०–५० पटकसम्म बन्दुक पड्केको जस्तो आवाज आउने गरेको छ ।

 

तर उक्त आवाज बन्दुकको नभई बर्ड स्केयरिङ डिभाइस (गन) को रहेको विमानस्थलका प्रबन्धक तथा प्रवक्ता अनुप जोशीले बताए । ‘हरेक विमानस्थलमा बर्ड स्केयरिङ डिभाइस हुन्छ, सुनगाभा न्यूजसँग जोशीले भने,  ‘रनवेमा चराहरु आएको खण्डमा धपाउनका लागि त्यो डिभाइस प्रयोग गरिन्छ ।’

 

उनका अनुसार चरा धपाउनका लागि विमानस्थलमा छुट्टै टोली नै खडा गरिएको हुन्छ । ‘चराले पहिलेको एयरपोर्टमा पनि डिस्टर्ब त गथ्र्याे नै अहिलेपनि यहाँ अलिअलि गरिरहेछ । त्यसको लागि चरा धपाउने स्पेसलिष्ट छन् त्यसैगरि दुई जना शिकारीहरु पनि छन्, उनले भने, ‘चरा भगाउनका लागि आवाज आउने सिस्टम छ । त्यसलाई बर्ड स्केयरिङ डिभाइस (गन) भनौ न  । त्यही प्रयोग भइरहेको हो । त्यसको लागि हामीसँग एयर साइड भन्ने टोली नै छ ।’

 

उनले नेपालका विभिन्न विमानस्थलमा सो प्रकारको सिस्टम हुने गरेको बताए । ‘यस्तो प्राक्टिस नेपालको सबै विमानस्थलमा छ । चराहरु, वन्यजन्तु र स्यालहरु त आउन सक्छन नि त्यसैले तिनलाई धपाउने, पट्रोलिङ गर्ने सबै एयरपोर्टमा हुन्छ । यहाँ पनि त्यही नै प्राक्टिस छ ।’ जोशीले भने । 

 

जोशीले विमानस्थलमा यस्तो गनको प्रयोग सामान्य बताएपनि पुरानो विमानस्थलमा यसको खासै प्रयोग थिएन । तर नयाँ विमानस्थलमा भने गन नपड्काई विमान अवतरण र उडान गर्न कठिन देखिएको छ । 
 

 

धावनमार्गको आकाशमाथि सामान्यतयः आधा दर्जन बढी चिल र कागहरु उडिरहेका देखिन्छन् । उक्त क्षेत्र पहिले गिद्धको बासस्थान भएको त्यहाँबाट विस्थापितहरुले बताए । 
 

 

क​रिब ४ दशकपछि गौरवको योजना अन्तरगत पोखरेलीले पाएको अन्तरराष्ट्रिय विमानस्थलको निर्माण चिनियाँ कम्पनी सिएएमसीले करिब २२ अर्बको लागतमा फोरडी मोडलको निर्माण गरेको हो । 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्