टाइगर कपमा भारत र श्रीलंकाको क्लबको सहभागिता, प्रतियोगिता माघ दोस्रो साता देखि सुरु हुने

पाेखरा | पुस १८, २०७९

टाइगर कपमा भारत र श्रीलंकाको क्लबको सहभागिता, प्रतियोगिता माघ दोस्रो साता देखि सुरु हुने

पोखराः  पोखरामा आगामी माघ ८ देखि १४ गतेसम्म ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ हुने भएको छ । 


टाइगर ग्रुप अफ पोखरा नेपालले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी तिव्र पारिएको जानकारी दिएको हो । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना माघ ८ देखि १४ गते सम्म पोखरामा रंगशालामा हुने प्रतियोगितामा दुई बिदेशी क्लबसहित महिला र पुरुषतर्फ ५–५ टिम गरी १० टिमको सहभागिता हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका बताए ।

 
‘पोखरामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल पहिलो र दोस्रो संस्करण सफलता पूर्वक सम्पन्न गरेका छौं, शर्माले भने, ‘नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि पोखरामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीको बीचमा तेस्रो संस्करण माघ ८ देखि १४ गतेसम्म सञ्चालन गदैं छौं ।’


शर्माका राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र  होङ्गवान्जी  न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ । 


यस्तै पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ । 


तेस्रो संस्करणमा महिला तर्फ केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत र पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउन लागेका हुन् ।  गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लब र  पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधी जितेका थियो । 


आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिला/पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिए । 


त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट  एक–एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।


प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षण बनाउनका र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गर्ने तयारी समेत रहेको संस्थाका कोषाध्यक्ष हरिकुमार श्रेष्ठले बताए । प्रतियोगितामा वृद्ध–वृद्धाहरुलाई खेल हेर्न छुट्टै व्यवस्थाका साथै प्रतियोगिता स्थलमा एलइडि स्क्रिन, डिजिटल स्कोर बोर्डको व्यवस्था गरी प्रविधिलाई पनि अन्तर्राष्ट्रियस्तर कै बनाउने प्रयास गरेको आयोजकले जनाएको छ ।


 

पाल्पा:   पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ।  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ ।  वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...

थप पढ्नुहोस्

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

थप पढ्नुहोस्