पेलेको सम्मानमा फुटबल प्रतियोगिता अघि एक मिनेट मौन धारण गरिने

काठमाडाैं | पुस १८, २०७९

पेलेको सम्मानमा फुटबल प्रतियोगिता अघि एक मिनेट मौन धारण गरिने

काठमाडौं:  महान् फुटबल खेलाडी पेलेको निधन भएको शोक मनाउन देशभर सञ्चालन हुने औपचारिक फुटबल प्रतियोगिताका खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिने भएको छ। 


फिफाले शुक्रबार यस सम्बन्धमा सबै सदस्य संघलाई परिपत्र पठाएको छ। फिफा महासचिव फातिमा समौराले लेखेको पत्रमा यस्तो सम्मान गरिने उल्लेख छ।


फिफाको पत्रपछि अखिल नेपाल फुटबल संघले एक सातासम्म फुटबल खेल सुरु हुनुअघि एक मिनेट मौनधारण गर्न सबै आयोजकलाई अनुरोध गरेको छ। 


एन्फाले सदस्य संघ, जिल्ला फुटबल संघ, क्लब र फुटबल संचालन निकायससम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रमा फिफाको निर्देशन कार्यान्वयन गर्न अनुरोध गरेको छ।


ब्राजिलका महान् फुटबल खेलाडी पेलेको गत बिहीबार निधन भएको थियो। 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्