झापा सताक्षीधाम मन्दिरको दानपेटिका चोरी
झापा | पुस १८, २०७९
दमक: झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम मन्दिरको दानपेटिका चोरी भएको छ । आइतवार राति दानपेटिका चोरी भएको हो ।
सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार गोलोक गोवर्धन गौशालासहित तीन वटा दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको छ । एउटा दानपेटिका हराएको छ ।
दानपेटिका फोरेर भेटी चोर्नेले फलामे साङ्लामा गर्भे ताला लगाइएको मुख्य दानपेटिका फोर्न नसकेपछि त्यहि लिएर भागेको हुनसक्ने राईले बताउनुभयो । यसरी दानपेटिका फोरेर भेटी चोरी हुनु र दानपेटिका नै हराउनु गम्भिर भएको जनाउँदै अनुसन्धान गर्न माग गरिएको पनि उपाध्यक्ष राईले जनाउनुभयो ।
बालचर्तुदर्शीका भेटीहरु संकलन गरेर दाखिला गरिएको र त्यसपछि जम्मा भएको भेटी हराएको जनाइएको छ । करिब एक महिना अवधिमा दानपेटिकामा हालिएको रकम चोरी भएको राईले बताउनुभयो ।
नेपाल र भारतबाट दैनिक संयौ भक्तजनहरु सताक्षीधाम मन्दिरको दर्शन र घुमघामका लागि यहाँ आउने गरेका छन् । दानपेटिकामा कति रकम थियो भन्ने खुलेको छैन । सताक्षीधामको दिगम्बेस्वर महादेव मन्दिरको दानपेटिका गत भदौमा पनि चोरी भएको जनाइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

