अल्का अस्पतालको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडाैं | पुस १८, २०७९

अल्का अस्पतालको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं:   अल्का अस्पतालले आज (सोमबार) बाट राष्ट्रिय स्तरको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालले मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ सेवा, आ।भि।एफ एण्ड इन्फर्टिलिटि विशेषज्ञ सेवा (निःसन्तान दम्पतीहरुका लागि) र न्यूरो साइक्याट्रिक विशेषज्ञ सेवा शिविर सञ्चालन गरेको हो ।


शिविर अस्पताल परिसरमा हुने बताइएको छ । शिविरमा सहभागी बिरामीहरुले महिना दिनसम्म अस्पतालमा उपचारका लागि फलोअप गर्नसक्ने अस्पतालले बताएको छ । अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार शिविरमा जाने बिरामीहरुलाई एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिनेछ ।


प्रमुख केसीले शिविरमा सहभागीहरूले एक महिनासम्म फलोअप गर्दा कुनै शुल्क नलाग्ने बताउनुभयो । उहाँले शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच र औषधि वितरण गरिने जानकारी दिनुभयो ।


असहाय, अशक्त र आर्थिक अभाव भएका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरेको हो । एमआरआई र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ । शिविरबारे जानकारी गराउन रेडियो, टेलिभिजन, माइकिङ गर्ने काम भइरहेको प्रमुख केसीले जानकारी दिनुभयो ।


अस्पतालले प्रत्येक दिन शिविरमा आएका एक सयसम्म बिरामीको चेकजाँच गर्ने लक्ष्य राखेको छ । उहाँले शिविरमा आएका बिरामीहरुलाई १० दिनसम्मका लागि निःशुल्क औषधि उपलब्ध गराउने पनि बतउनुभयो । आवश्यक विशेषज्ञ सेवाबाट वञ्चित भइरहेका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरेको भए पनि परीक्षणका लागि अस्पतालमा पुगेका सबैले परीक्षण गर्न सक्नेछन् । प्रमुख केसीले शिविरमा सहभागीहरुले शिविर अवधिभर कुनै पनि किसिमको सेवामा शुल्क बुझाउनु नपर्ने पनि स्पष्ट पार्नुभयो ।


शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा एक लाख छुटको व्यवस्था मिलाइएको अस्पतालले बताएको छ । शिविर पुस १८ गतेदेखि पुस २२ गतेसम्म पाँच दिन चल्नेछ । शिविर कार्यक्रम बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सबै विषयमा गरी अस्पतालले दिनको तीन सयसम्म बिरामीको परीक्षण गर्ने लक्ष्य लिएको बताउनुभयो । यसअघि पनि विभिन्न समयमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्