सर्लाहीमा प्रहरीद्वारा गाँजा खेती नष्ट

सर्लाही | पुस १८, २०७९

सर्लाहीमा प्रहरीद्वारा गाँजा खेती नष्ट

सर्लाही: सर्लाही प्रहरीले यहाँको अति दुर्गम भेगस्थित लालबन्दी नगरपालिका –१४, नारायण खोला किनारमा आठ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । 


जिल्ला प्रहरी कार्यालय मलङ्गवामा नयाँ प्रहरी प्रमुख नरेशराज सुवेदीको नेतृत्वमा गाँजा खेती नष्ट गरिएको हो । गाँजा नष्ट गर्न सोमबार पनि जिल्ला प्रहरी कार्यालय मलङ्गवा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली नारायण खोलातर्फ गएको छ । 


प्रहरी टोलीले आइतबार पहिलो दिन नारायण खोलास्थित सत्रकठ्ठा क्षेत्रमा ८ बिघा बढीको तयारी हुन लागेको गाँजा फडानी गरेको छ । प्रहरी उपरीक्षक सुवेदीले आफू गत शुक्रबार जिल्लामा हाजिर हुनासाथ कानूनद्वारा निषेध गरिएको गाँजाखेती नष्ट गरेको बताउनुभयो ।  सूचना पाएको र शनिबार आफै सुक्ष्म अनुसन्धानमा जाँदा सूचना बमोजिमकै गाँजा खेती भइरहेको देखेपछि आइतबारदेखि प्रहरी टोली पठाएर फडानी गर्न शुरु गरेको उहाँले बताउनुभयो । 


स्थानीयले गाँजा खेती गर्न छाडेका छैनन् । सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरे क्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजा खेती गर्दै आइरहेका छन् । 


अहिले त्यहाँ डाँडापाखाकामा गाँजा खेती गरिएको छ । नारायण खोला सत्र कठ्ठाका एक स्थानीयले तयार हुन लागेको गाँजा एक्कासी प्रहरी आएर नष्ट गरिदिँदा आफूहरु ठूलो मारमा परेको गुनासो गरेका छन् । 


गाँजा खेती कानुनद्वारा बर्जित हो भन्ने थाहा पाउँदा पाउँदै अन्य बालीको साटो आम्दानी राम्रो हुने देखेर स्थानीयले गाँजा खेती गर्दैआएका छन् । गोरखापत्र अनलाइन 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्