मधेश प्रदेशसभाको पहिलो बैठक आज बस्दै

काठमाडाैं | पुस १८, २०७९

मधेश प्रदेशसभाको पहिलो बैठक आज बस्दै

जनकपुरधाम:   मधेश प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथपछि आज दिउँसो १ बजेको लागि पहिलो अधिवेशन बैठक प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरेका हुन् ।


नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रमुखले बैठक आहृवान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिए ।


सोमबारको पहिलो बैठकमा प्रदेश प्रमुख मिश्रले अधिवेशन आह्वान गरेको पत्र प्रदेश सभा सदस्यहरुलाई पढेर सुनाउने पहिलो कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।


उनका अनुसार नयाँ प्रदेश सभा नियमावली नबनेसम्मका लागि पुरानै नियमावलीलाई अनुमोदन गर्ने, प्रदेश सभाको बैठकमा सभामुखको चुनाव नभएसम्मका लागि अध्यक्ष मण्डल चयन गरिने, प्रत्येक दलबाट संसदीय दलको नेता वा प्रतिनिधिले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।


आजको बैठकमा सभामुख र उपसभामुख चयनका लागि मनोनयन दर्ताको मिति तोकिने कार्यसूची रहेको सचिव यादवले बताए । शनिबार बसेको सर्वदलीय बैठकमा प्रदेशमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गरिने निर्णय गरेको थियो ।


कानुनी व्यवस्था अनुसार प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्