प्रधानमन्त्री दाहालले गरे पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन (तस्बिरहरु)

पाेखरा | पुस १७, २०७९

प्रधानमन्त्री दाहालले गरे पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन (तस्बिरहरु)

पोखरा:   प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज (आइतबार) उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्मित स्तम्भको अनावरण गर्दै औपचारिक उद्घाटन गरेका हुन् ।

 

सो समारोहमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’सँगै अर्थ मन्त्री विष्णु पौडेल काठमाडौंबाट आएका थिए । नेपालको तेस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा निर्मित फोरडी मोडलको एयरपोर्ट चिनियाँ कम्पनी सिएएमसीले निर्माण गरेको हो ।

 

उक्त विमानस्थलको लागत करिब २२ अर्ब रहेको छ । पोखरेलीबासीको वृहत सहभागितामा उद्घाटन गरिएपनि  अझै केही प्राविधिक पक्षमा काम गर्न बाँकी रहेको बताइएको छ । 

 

आन्तरिक उडान भएपनि अन्तरराष्ट्रिय उडान सुरु हुन भने समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

 


 

अन्य तस्बिरहरु:-

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्