नाट्टाद्वारा हवाई दुर्घटनाप्रति शोक व्यक्त
काठमाडाैं | जेठ १६, २०७९
काठमाण्डौँः नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा ले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी ज्यान गुमाउने चालक दल तथा यात्रुहरुको निधनप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
शोक वक्तव्य जारी गर्दै घटनाले नाट्टा परिवारलाई स्तब्ध बनाएको भन्दै यस दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गरेको छ । मुस्ताङको थासाङस्थित सानसुरे भिरमा दुर्घटनाग्रत भई उक्त विमानमा सवार चालक दलका तीन तथा १९ यात्रुको निधन भएको थियो ।
भौगोलिक बनावटका कारण नेपालको पर्यटन व्यवसायको विकास र विस्तारमा सुरक्षित हवाई सेवा एक आवश्यक पूर्वाधार भएको भन्दै नाट्टाले यस किसिमको हवाई दुर्घटनाले पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । साथै निकायले नेपालको हवाई सेवालाई बढी भरपर्दो र विश्वसनीय बनाउन आवश्यक हवाई सुरक्षाको मापदण्डमा कडाइ गर्न तथा जोखिम न्यूनीकरणका सबै मापदण्ड कार्यान्वयन गर्न संस्थाले आग्रह गरेको छ । स्वदेशी/विदेशी पर्यटकलाई विश्वासनीयताको अनुभूति निर्माण गर्न आवश्यक पहल गर्न हुन पनि सबै सम्बद्ध निकायसँग नाट्टालले जोड्दार माग गरेको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

