१९ औं माछापुच्छ्रे पोखरा ओपन टेनिसको उपाधि प्रदिप र अभिलाषालाई

सौगात बने मष्ट प्रोमोजिङ प्लेयर अफ दि टुर्नामेण्ट

पाेखरा | पुस १६, २०७९

१९ औं माछापुच्छ्रे पोखरा ओपन टेनिसको उपाधि प्रदिप र अभिलाषालाई

पोखरा:  १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस एकलतर्फको उपाधि नेपालका नं १ टेनिस खेलाडी प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन् ।


कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको ओपन एकल मेन्स तर्फको उपाधि प्रदिप र उमेन्सतर्फ अभिलाषाले जितेका हुन् । 


शनिबार पोखरा रंगशालामा सम्पन्न मेन्स सिंगल्सतर्फको प्रतिष्पर्धात्मक खेलमा प्रदिपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते । खुट्टामा चोट बोकेका प्रदिपले पहिलो सेट ६–३ ले जित्दै प्रनभ माथी दबाव बनाउने प्रयास गरेका थिए । तर दोश्रो सेटमा प्रनभ खेलमा फर्किदैं १–६ ले जितेर प्रदिपलाई चुनौती पस्किएका थिए । एकलका उपाधि विजेता प्रदिप डबल्सतर्फको उपाधि विजेता समेत हुन् । नेहाल जङ्ग बहादुर थापा र प्रदिपको जोडीले डबल्सतर्फ उपाधि जितेका थिए । 


तर अन्तिम सेटमा प्रदिपले ७–५ ले खेल जित्दै उपाधि सहित नगद ८० हजारका साथमा ट्रफी हात पारेका छन् । प्रदिप नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता समेत हुन् । उपविजेता बन्न सफल प्रनभले नगद रु ४० हजार प्राप्त गरे । सेमीफाइनालिष्ट दुई रितिक राना र अकि जुवेन रावतले जनही नगद रु १०–१० हजारका साथमा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक तथा कास्की टेनिसका उपाध्यक्ष नविन चालिसेले जनाएका छन् । 


यता महिलातर्फ नेपालकी नं १ टेनिस खेलाडी अभिलाष विष्टले उपाधि सहित नगद रु ८० हजारका साथमा ट्रफी हात पारेकी छन् । सम्पन्न फाइनलमा अभिलाषाले सर्भानी श्रेष्ठलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरिन् । उपविजेता बन्न सफल सर्भानीले नगद ४० हजारका साथमा ट्रफी हात पार्दा सेमीफाइनालिष्ट दुई खेलाडी सुनिरा थापा प्रकृती श्रेष्ठ तेश्रो हुँदै जनही नगद रु १०–१० हजार प्राप्त गरेका छन् । 


यस्तै शनिबार नै सम्पन्न ३५ वर्ष माथीको पुरुष भेट्रान्स एकलको उपाधि जितेन्द्र परियारले जितेका छन् । जितेन्द्रले कमल भण्डारीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । उपाधि सहित जितेन्द्रले नगद रु ६० हजार हात पार्दा उपविजेता कमलले नगद रु ३० हजार प्राप्त गरेका छन् । 


१९ औं माछापुच्छ्रे टेनिस अन्तर्गत शनिबार सम्पन्न ४५ वर्ष माथी भेट्रान्स एकलमा रोहित सुनुवार बिजयी भए । रोहितले बिमल गुरुङ विरुद्ध सुपर ट्राइ ब्रेकरमा फाइनलमा पराजित गरे ।  पहिलो सेट ६–४ ले जित्दै रोहितले आफ्नो पक्षमा पारे पनि दोश्रो सेट २–६ ले गुमाउन पुगे । अन्तिम सेटमा १०–४ ले जित्दै सो उमेर समुहको उपाधि सहित रोहितले नगद रु ४० हजार प्राप्त गर्दा  बिमलले नगद रु २० हजार हात पार्न सफल भए । 


प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि भने सौगात बिकले हात पारेका छन् । उनले १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपनतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै प्रतियोगिताको ‘मष्ट प्रोमिजिङ प्लेयर अफ द टुर्नामेण्ट’को उपाधि सहित करिव ३५ हजार पर्ने साइकल प्राप्त गरेका छन् । 


बिजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ, राजु श्रेष्ठलगायतले ट्रफी, नगद र प्रमाणपत्र वितरण गरेका थिए । 


समापन कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसीले केसी ग्रुपले पोखराको खेलकुद र शिक्षाको क्षेत्रको विकासका लागि सहयोग गरिरहेको बताए । उनले भने–“हामीले अस्पताल बनाउनु भन्दा खेल मैदानको विकास र शिक्षालाई बढि प्राथमिकता दिएका छौं,” केसीले थपे–“आफ्ना स्वर्गिय बुवा सूर्य बहादुर केसी कै प्रेरणाबाट हामीले त्यो यात्रालाई अघि बढाएका छौं । यो यात्रा निरन्तर जारी रहने मात्रै नभई खेलकुद र शिक्षाको विकासमा केसी ग्रुपको अटुट सम्बन्ध रहिरहनेछ ।”


समापन कार्यक्रम कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको थियो । सो अवसरका कास्की टेनिसका सचिव नबिन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए । 


गत पौष ११ गते बाट सञ्चालित १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस  तर्फ हाल सम्मकै सर्वाधि सहभागिता रहेको थियो । प्रतियोगितामा महिला र पुरुष गरी २ सय भन्दा बढि खेलाडीले सहभागिता जनाएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए । 


प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख खर्च भएको जानकारी गराउँदै कास्की टेनिसका कोषाध्यक्ष अनुज बास्तोलाले मुख्य प्रायोजक माछापुच्छ्रे बैंक, प्रदेश खेलकुद परिषद गण्डकी, ट्राक्युलिटी एण्ड स्पालगायतले प्रायोजन तथा सहयोग गरेको जानकारी दिए । 

पोखरा:    पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो ।  किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा ४ बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले तीन युवतीलाई पक्राउ गरेको छ ।  लेकसाईडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिषा युथ होस्टेल प्राइभेट लिमिटेडको क...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा भएको भ...

थप पढ्नुहोस्