ल्होसार: तस्वीरमा 'गुरुङ एकताको सन्देश'
पाेखरा | पुस १६, २०७९
पोखराः तमु समुदायको बाहुल्यता रहेको कास्कीमा तामझामकासाथ गुरुङ समुदायले सामुहिक रुपमा ल्होसार मनाएका छन् । बाघ वर्गको विदाई र बिरालो वर्गको स्वागतमा तमु धि नेपाल र तमु प्हे ल्हु संघले सँयुक्त रुपमा कला संस्कृति झल्काउदै र्यालीसहित ल्होसार मनाएका हुन् ।
ल्होसारलाई गुरुङ समुदायको महान् पर्वको रुपमा लिइन्छ । हरेक वर्षको पुष १५ लाई नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । ल्हो भनेको वर्ग र सार भनेको नयाँ भन्ने अर्थ लाग्छ ।
सोही अनुरुप पुष १५ लाई नयाँ वर्षको स्वागतमा देश तथा विदेशमा ल्होसार मनाउने प्रचलन रहदै आएको छ । साँस्कृतिक महत्वले पुष १५ मा गुम्बा तथा क्वोइबो धि मा पुजा गरेर मनाउने चलन रहेपनि सामाजिक रुपले एकताको सन्देश दिने उद्देश्यले पोखरामा संयुक्त रुपमा आज ल्होसार मनाएको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेश प्रकृति र सँस्कृतिमा धनि प्रदेश हो । तमु समुदायको बाहुल्यता रहेको यस प्रदेशमा तमु जातिको संस्कार तथा संस्कृति अझै जिवितै छ । तमु समुदायले बोन र बौद्ध धर्ममा आस्था राख्ने गरेको पाइन्छ । धार्मिक रुपमा दुई प्रकारका धर्म अवलम्बन गरेको पाइएपनि भाषा, कला र सँस्कृतिमा भने फरकपन छैन । त्यसैले सामुहिक रुपमा मनाइको ल्होसारले एकताको सन्देश दिएको कलाकार बालकाशी गुरुङको बताउछिन् ।
कला, सँस्कृति सिमित समुदायकोमा मात्र नभइर सिंगो देशकै सम्पत्ती हो । तमु समुदायको महान् पर्व ल्होसार लगायतका पर्वहरुको संरक्षण गर्न सम्बन्धित समुदायको पहलकदमी मात्र यथेष्ट हुदैन । त्यसैले सरकारी पक्षबाट पनि सहयोग हुन आवश्यक देखिन्छ ।
तस्वीरहरुः





















पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

