नेप्से सूचक ५ अंकले घट्यो
काठमाडाैं | पुस ६, २०७९
काठमाडौं: लामो समयको अन्तरापछि मंगलबार १४ अंकले बढेको नेप्से सूचक बुधबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८९ अंकले घट्दै १८६७.२२ अंकमा झरेको हो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.३१ अंकले घट्दै ३६५.३४ अंकमा झरेको छ । आज बैंकिङ समूह बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२७ प्रतिशत) ले मात्र वृद्धि भएको छ ।
५.८९ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत ८६ करोड ३८ लाख १६ हजारमा खुम्चिन पुगेको छ । सबैभन्दा बढी आज एनआईसी एशिया बैंकको ११ करोड ८२ लाख २४ हजार रुपैयाँ बराबरको ६६७ कित्ता सेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड ९५ लाख ८ हजार ९१५ रुपैयाँ बराबरको ८०७ कित्ता सेयर कारोबार भएको छ ।
आज आधिखोला लघुवित्त वित्तीय संस्थाका सेयरधनिहरुले १० प्रतिशतले कमाएका छन् भने श्रीजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनिहरुले ९.९९ प्रतिशतले कमाएका छन् ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

