गण्डकी प्रदेशस्तरिय पुरुष भलिबलः स्याङजा र गोरखा खेल्दै
पाेखरा | पुस ६, २०७९
तस्बिर फाइल
पोखराः गण्डकी प्रदेश भलिबल संघको आयोजनामा हुने ‘प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता’को पहिलो खेल स्याङजाले र गोरखाको सामना गर्ने भएको छ ।
आज (बुधबार)बाट पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको चार खेल सञ्चालन हुनेछ ।
लिगकम नक आउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो दिन चार खेल तय भएको गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । बिहान १० बजे पहिलो खेल स्याङजाले गोरखाको सामना गर्नेछ भने मध्यान्ह १२ बजे सुरु हुने अर्को एक खेलमा कास्कीले तनहुँ संग भेट पक्का गरेको छ । वेष्ट अफ फाइभको आधारमा खेलाइने खेलको उद्घाटन खेल बागलुङ र पर्वतबीच दिउसो २ बजे सुरु हुने छ भने अन्तिम खेल ४ बजे म्याग्दी र लमजुङले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् । आयोजकले प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनल खेलमा २ सय बाँकी खेलमा १ सय रुपैयाँ टिकटको दर कायम गरेको छ ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

