विश्वकप समापन समारोह अ नाइट टु रिमेम्बरमा नोरा फतेहीको प्रस्तुति

काठमाडाैं | पुस ३, २०७९

विश्वकप समापन समारोह अ नाइट टु रिमेम्बरमा नोरा फतेहीको प्रस्तुति

 काठमाडौं:  फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औं संस्करणको फाइनल खेल आज राति हुँदैछ ।


एक महिना चलेको महाकुम्भमा ६३ खेलपछि आज लुसेस आइकोनिक स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच फाइनल भिडन्त हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।


फाइनल खेलअघि भने समापन समारोह आयोजना गरिनेछ । जहाँ विभिन्न सांगितिक प्रस्तुति दिइनेछ । ८८ हजार दर्शक क्षमता रहेको लुसेल स्टेडियममा समापन समारोह १५ मिनेटको हुने पिफाले जनाएको छ ।


‘अ नाइट टु रिमेम्बर’ अर्थात यादगार रात नाम दिइएको समापन समारोहमा भारतीय सिनेमा क्षेत्रकी अभिनेत्री, मोडल तथा गायिका नोरा फतेहीको प्रस्तुति रहनेछ । मोरक्न नागरिक फतेही भारतीय सिनेमा क्षेत्रकी अभिनेत्री, मोडल तथा गायिका हुन् ।


नोरासँगै बाल्किस, रहमा रियाद र मानालको ‘लाइट दी स्काई’ लाइनअपले प्रस्तुति दिनेछन् । यस्तै डेभिडो र आइशाले (हाया हाया) सँगै गाउनेछन् भने ओजुना र गिम्सले पनि गाउनेछन् ।


प्रतियोगिताको विभिन्न क्षणहरु समेटर तयार पारिएको अफिसियल साउण्ड ट्रयाकको मसुप पनि प्रस्तुत गरिने फिफाले जनाएको छ ।

मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ ।   यसअघि वैशाख १८ गतेका लागि तय गरिए...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्