लेखनाथ महोत्सवको तयारी तीव्र, जनप्रतिनिधिसँग पदाधिकारीको बैठक

पाेखरा | मंसिर २८, २०७९

लेखनाथ महोत्सवको तयारी तीव्र, जनप्रतिनिधिसँग पदाधिकारीको बैठक

पोखराः   लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको लेखनाथ महोत्सवको १८ औं संस्करणको तयारी तीव्र गतिमा बढिरहेको छ । 


विभिन्न सरोकारवाला र समुहहरुसँग छुट्टाछुट्टै बैठक तथा छलफल गरि १८ औं संस्करणलाई सभ्यभव्य र विगतका महोत्सवभन्दा फरक र व्यवस्थित बनाउन सुझाव संकलन कार्य जारी रहेको अवस्थामा बुधबार मात्र साविक पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ का वडा अध्यक्ष र जनप्रतिनिधिसँग बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।


संघका अध्यक्ष एवं लेखनाथ महोत्सव २०७९ का मुलसंयोजक छत्रधर आत्रेयको अध्यक्षतामा बसेको बैठकमा वडाध्यक्षहरुबाट महोत्सवलाई व्यवस्थित बनाउन विगतका कमिकमजोरीलाई सुक्ष्मरुपमा नियमावली नयाँँ गतिविधि तथा प्रविधि प्रदर्शनी  अगाडि बढ्नुपर्ने र आफुहरु सधै सकरात्मक रहेको र महोत्सव सफल बनाउन आ आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


‘महोत्सव लेखनाथको सँस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्