ठेकेदारसँग झुक्यो पोखरा महानगर, पार्किङको ठेक्का अवधि चैतसम्म
पाेखरा | मंसिर २८, २०७९
कास्की: पोखरा महानगरपालिका पार्किङको ठेक्का पाएको कम्पनिसँग झुक्दै अघिल्लो सरकारले गरेको सम्झौतालाई कायम गरेको छ ।
निवर्तमान मेयर मान बहादुर जिसी नेतृत्वको सरकारले मंसिर २७ मा सकिने ठेक्कालाई लकडाउनका कारण चैत २७ सम्म म्याद थपेको थियो ।
वर्तमान सरकारले सोही सम्झौतालाई कायम गरिने महानगरपालिकाको प्रवक्ता मोती तिमिल्सिनाले बताए । उनका अनुसार पोखरा महानगरपालिका र फेवा सावित्री सँयुक्त कम्पनीबीच २ वर्षका लागि मंसिर २७ मा सकिने गरि सम्झौता भएको थियो ।
तर अब लकडाउनका कारण आगामी चैत २७ गतेसम्म ठेक्का सम्झौता कायम भएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले स्पष्ट पारे ।
उनका अनुसार महानगरले फेवा सावित्री सँयुक्त कम्पनीसँग ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो । सो सम्झौता अनुसार हिजो (मंसिर २७) गते सकिने थियो । तर प्रालिले लकडाउनका कारण सम्झौता अवधि बढाउन माग गरे अनुरुप पोखरा महानगरपालिकाको आर्थिक ऎन २०७८ तथा परामर्श समितिको सिफारिस र महानगरको निर्णय अनुसार आगामी चैत २७ गते सम्मका लागि म्याद कायम गरिएको तिमिल्सिनाले बताए । ‘चैतसम्म म्याद हो । मेयर साबले पार्किङको शुल्क नलिने चुनावको समयमा घोषणा गरेपनि अहिले सम्झौता अनुसार नै चैतसम्म कायम हुन्छ । त्यसपछिको लागि निर्णय भइसकेको छैन ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

