अन्नपूर्णबासीलाई प्रचण्डको निम्तो: ‘विकासका लिस्ट लिएर काठमाडौं आउनुस्’

पाेखरा | मंसिर २८, २०७९

अन्नपूर्णबासीलाई प्रचण्डको निम्तो: ‘विकासका लिस्ट लिएर काठमाडौं आउनुस्’

कास्की:  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्नपूर्ण गाउँपालिकाका प्रमुख तथा जनप्रतिनिधहरुलाई नयाँ सरकार बनेपछि काठमाडौमा निम्तो दिएका छन् ।

 

कास्कीको अन्नपूर्ण गाउँपालिका १ स्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्तीलाई सम्बोधन गर्दै उनले नयाँ सरकारको नेतृत्व आफुले गर्न सक्ने बताउदै विकास योजनाका लागि निम्तो दिएका हुन् । ‘म अन्नपूर्ण गाउँपालिका तथा यो विद्यालयको प्राध्यापक, शिक्षक साथीहरु र अन्य जनप्रतिनिधिहरुलाई नयाँ सरकार बनिसकेपछि काठमाडौं आउन र यहाँको विकासका निम्ति लिस्ट बनाएर ल्याउन तपाइहरुलाई अनुरोध गर्न चाहान्छु, उनले भने ‘ताकी तपाइहरुले ल्याएको लिस्ट अनुसार मैले सहयोग गर्न सकुँ ।’ 

 

उनले अन्नपूर्ण गाउँपालिकाको फरक विकास निर्माण गर्ने प्रतिवद्धता समेत जनाए ।  ‘यो पटक मैले देशको नेतृत्व गर्ने अवसर पाउँदा अन्नपूर्णमा मैले हामी नरहदा पनि  आउने पिढीले देख्ने, बुझ्ने र सिक्नेगरि विकासका केही परियोजनाहरु अगाडि बढाउने म तपाइहरुसमक्ष प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’

 

उनले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने समेत धारणा राखेका थिए ।


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्