नवनिर्वाचित प्रदेश सांसद बराललाई डेभिजफल्स ड्राइभिङकाे सम्मान
पाेखरा | मंसिर २८, २०७९
पोखरा: डेभिजफल्स ड्राइभिङ स्कुल एण्ड प्रिटेष्ट प्रालिले कास्की क्षेत्र नम्बर ३ ख बाट विजयी प्रकाश बराललाई बधाइ तथा सम्मान गरेको छ ।
ड्राइभिङ स्कुलका सल्लाहकार समेत रहेका बराललाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नन्द प्रसाद आचार्य, ड्राइभिङका कानुनी सल्लाहकार खगराज आचार्ज, ड्राइभिङ स्कुलका अध्यक्ष तुल बहादुर ठकुरी लगायतले अबिर, खादा र सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नन्द प्रसाद आचार्यले जनताको मतको कदर गरी समग्र गण्डकी प्रदेशको बिकास निर्माणमा अगाडि बढ्न नव निर्वाचित सांसद बराललाई आग्रह गर्नुभयो ।
त्यस्तै सम्मानित व्यक्तित्व कास्की क्षेत्र नम्बर ३ ख का बिजयी सांसद प्रकाश बरालले आफुहरु प्रदेशको निती निर्माणको तहमा पुगेपनि निति निर्माण संगै आफ्नो निर्वाचन क्षेत्रको समग्र बिकासको पक्षमा लाग्ने ताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र पोखरा महानगरपलिकाको वडा नम्बर ५ देखि कास्कीको माछापुछ्रे हिमालको फेदी सम्म पर्ने भएकाले निर्वाचनका बेला जनताको घरमा पुगेर दिएको आश्वसनलाई ब्यवहारमा लागु गर्ने र अहिले निर्वाचित भएर बधाइ थाप्ने र अवको पांच बर्ष जनताले सम्मान गर्ने गरी काम गर्ने बताउनुभयो ।
अहिले गाउका दुर दराजमा सडक, खानेपानी जस्ता विकासका कामहरु भइरहेको भएतापनि अझैपनि नितिगत रुपमा समग्र क्षेत्रको विकास हुन नसक्दा जनताले जहा तही समस्या झेल्नुपरेको आफुले नजिकबाट नियालेका आगामी ५ वर्षमा नितिगत रुपमै जनताले सुख अनुभुति हुने गरी काम गरेर देखाउने उहाँको भनाइ रहेको थियो । कानुनी सल्लाहकार खगराज आचार्यले जनताको सामु गरेका बाचालाई पुरा गर्ने गरी र राजनैतिक स्वार्थभन्दा माथी रहेर कास्की क्षेत्र नम्बर ३ को जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा वोल्दै डेभिजफल्स ड्राइभिङ स्कुल तथा प्रिटेस्ट सेन्टरका अध्यक्ष तुल बहादुर ठकुरीले नव निर्वाचित प्रदेश सभा सदस्य प्रकाश बरालको उज्जवल भविष्यको कामना गर्दै जनताको सुख दुखमा हातमा हात साथमा साथ दिएर काम गर्न आग्रह गर्नुभयो । ड्राइभिङ स्कुलका सचिव दिपेन्द्र बहादुर आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा तीर्थराज आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

