मणिपालको तेस्रो तलाबाट खस्दा धनसरीको ज्यान गयो, छोरी काठमाण्डौं रेफर
पाेखरा | मंसिर २३, २०७९
पोखराः मुटुमा देखिएको समस्या निदान गर्न मणिपाल अस्पतालमा उपचाररत छोरी भेट्न पुगेकी धनसरी घर्तीको ज्यान गएको छ ।
सराङकोट निवासी अन्दाजी ६५ वर्षीया घर्तीको अस्पतालकै तेस्रो तलाबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । छोरीको थप उपचार गर्न काठमाण्डौं रेफर गरेपछि आफन्तजनले तयारी गरिरहेकाबेला उनी मृत भेटिएकी हुन् ।
३ दिनदेखि उपचाररत छोरीको अवस्थमा सुधार नभएपछि अस्पतालले काठमाण्डौं लैजान भनेपछि आफन्तजनले सवारीसाधन व्यवस्था गरी जाने तयारी गर्दा घटना घटेको हो ।
सोही बेला आमा धनसरीलाई नदेखेपछि खोजी गर्ने क्रममा ३ तलामुनि उनी मृत भेटिएकी हुन् । अस्पताल कर्मचारीका अनुसार धनसरी खस्ने बित्तिकै कसैले पनि थाहा भएन ।
उनको ‘स्पट डेथ’ भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, अनुसन्धान सुरु गरेको जिप्रका कास्कीले जनाएको छ ।
घर्तीको मृत्युपछि अस्पताल प्रशासनको आकस्मिक बैठक बसेको छ । तर कुनैपनि निर्णय सार्वजनिक गरिएको छैन ।
अस्पतालमा कार्यरत एक कर्मचारीले भने यस घटनालाई ‘आकस्मिक दुर्घटना’ भनेका छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

