बिहे भोज खाएर बिरामी परेकामा आउँको किटाणु भेटियो

पाल्पा | मंसिर २१, २०७९

बिहे भोज खाएर बिरामी परेकामा आउँको किटाणु भेटियो

पाल्पाः   पाल्पाको चिर्तुङ्गधारामा बिहे भोज खाएपछि बिरामी परेकाहरूमा आउँको किटाणु भेटिएको छ । दूषित पानी, खाना वा सरसफाइ लगायतका कारण हुने आउँको समस्या बिरामीमा भेटिएको मिसन अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले जनाएका हुन् । 


बिहे भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी भएकाहरूको आज बुधवार पनि घरघरमै पुगेर उपचार गरिएको बगनाँसकाली गाउँपालिकाले जनाएको छ । बिरामीमध्ये कतिपयमा सुधार आए पनि केहीमा पुनः समस्या देखिएको छ ।  मिसन अस्पतालमा उपचार गराएर फर्किएकाहरूको प्रयोगशाला रिपोर्टअनुसार सबैमा दिसामा एक प्रकारको किटाणु देखिएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो । 


पाल्पाको बगनासकाली गाउँपालिका १ चिर्तुङधाराको घोरबन्दाका बिहे भोजमा सहभागी झन्डै एक सय ५० जना बिरामी परेका हुन् । प्युठानबाट जन्ती आएका ४५ जनाभन्दा बढी जन्ती पनि बिरामी परेका थिए । स्वास्थ्य कार्यालय पाल्पाले ुफुड पोइजनु को खास कारण पत्ता नलागेको र पानी जाँचको प्रक्रिया अघि बढेको जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्