यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई नागरिकता लिन विभेद गरिएको छः पिटर राई

पाेखरा | मंसिर १६, २०७९

यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई नागरिकता लिन विभेद गरिएको छः पिटर राई

पोखराः  निल हिरा समाजकी संयोजक पिटर राईले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई नागरिकता लिन विभेद भएको बताएकी छिन् । 


निल हिरा समाजद्वारा आज (शुक्रबार) यौनिक तथा लैङ्गीक अल्पसंख्यकबारे मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै निल हिरा समाजकी कार्यक्रम संयोजक  राईले नागरिकता लिनलाई यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई विभेद गरेको बताएकी हुन् । 


‘नागरिकता लिँदा लिङ्गमा अन्य लेख्न पाइने व्यवस्था भएपनि निकै झन्झटिलो र ठूलो विभेद छ । डाक्टरको प्रमाणपत्र पेश गर्नुपर्ने र निवस्त्र भएर अंगहरु देखाउनु पर्ने जस्ता ठूलो विभेद भएका छन् ।’ उनले भनिन् । 


यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिले आफनो पहिचान नहुदै नामसहितको नागरिकतामा महिला वा पुरुषको महलमा राखेर बनाएपछि आफनो पहिचान शारीरिक बनावट परिवर्तन गरेपछि नाम परिवर्तन गर्न नमिल्ने खालको कानुनी जटिलता रहेको छ । तरपनि राज्यले पछिल्लो समय समुदायप्रति चासो व्यक्त गरेको बताईन् । 


उनले समाजमा सबैलाई सम्मानजनक व्यवहार हुनुपर्नेमा जोड दिईन् ।‘ यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई समाजमा सम्मानजनक व्यवहारको आवश्यकता छ, उनले भनिन् ‘समाजमा समाजमा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई होच्याउने, अपशब्द बोल्ने, गालीगलौज गर्नेलगायत शारिरिक र मानसिकरुपमा हिंसा हुने गरेको छ । सबै क्षेत्रबाट सम्मानजनक व्यवहार अझै हुन सकेको छैन । यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले पिडा भोग्नुपरेको परेको छ ।’ 


संयोजक राईले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायको मुद्दालाई विशेष प्राथमिकतामा राखेर सञ्चारकर्मीले कलम चलाउन आग्रह गरिन । साथै समाचार लेख्दा गोपनियताको ख्याल राख्दै अध्ययन गरेरै लेखिदिन उनले अनुरोध गरिन ।


त्यसैगरि संचारकर्मी बविता बस्नेतले यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुलाई सम्मानजनक भाषाशैलीको प्रयोग आवश्यक रहेको बताईन ।  ‘यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुलाई सम्मानजनक भाषाशैलीको प्रयोग गर्न आवश्यक छ, उनले भनिन्, ‘यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई स्वतन्त्र जीवनयापन गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको सवालमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्छ । यस समुदायका समस्या, चुनौती र भोग्नुपरेको कानुनी र सामाजिक जटिलतालाई समेत संचारकर्मीहरुले महत्वका साथ उजागर गर्न जरुरी छ ।’


पोखरामा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरु आउँदा उनीहरुलाई बस्ने बासको व्यवस्था गर्न सम्मान गृह सञ्चालन गरिएको नौलो बिहानीकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले जानकारी दिइन । कुनै काम विशेषले, उपचार गर्न वा आर्थिक समस्या भएका उक्त समुदायका व्यक्तिलाई सहज होस् भनी सम्मान गृह सञ्चालन गरिएको उनको भनाई थियो । हाल नेपालमा करिब ९ देखि १० लाख जना यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका रहेको तर सबै खुल्न नचाहेको नौलो बिहानी पोखराकी अध्यक्ष बिन्दीया गौतमले जानकारी दिइन् ।
 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्