एरो थाईको आज अन्तिम उडान, प्रतिवेदन छिट्टै आउने

पाेखरा | मंसिर ११, २०७९

एरो थाईको आज अन्तिम उडान, प्रतिवेदन छिट्टै आउने

कास्की:  पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा गत ५ गतेदेखि यान्त्रिक परिक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्दै आएको एरो थाईको जहाजले आज अन्तिम उडान गर्नेछ ।

 

एक हप्ताभर उडान गरेको उक्त जहाजले विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणबारे चेकजाँच गरिरहेको विमानस्थलका आयोजना प्रमुख इन्जिनियर विनेश मनुकर्मी जानकारी दिए । ‘अहिले काठमाडौं र नेपालगञ्ज लगायतबाट आउने रुटमा यहाँ जडित इक्विपमेन्ट र  सिग्नलले काम गरेछ कि छैन । सिग्नल फालेछ कि छैन भनेर एरो थाईको जहाजले जाँच गरिरहेको छ, उनले भने, ‘अब त्यो जहाज आजसम्म मात्रै उड्नेछ  र प्रतिवेदन तयार पार्नेछ ।’ उनले भने ।

 

उनले उक्त परिक्षण उडानपछि उडान भर्न योग्य भए/नभएको बारे प्रतिवेदन तयार पार्ने बताउदै छिट्टै नेपाल नागरिक उड्ययन प्राधिकणलाई बुझाउने बताए । ‘एरो थाईको जहाजले एक आजसम्म क्यालिब्रेसन फ्लाइट गरिरहेको छ । 'आज अन्तिम फ्लाइट गर्छ, उनले भने, ‘त्यसपछि उडान भर्न योग्य भए नभएकोबारे रिपोर्ट तयार पारेर करिब हप्ता दश दिनमा नेपाल नागरिक उड्डयन प्राधिकणलाई बुझाउला ।’
 

एरो थाईको जहाजले गत वर्षको फागुनमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो । भने पोखरा विमानस्थलमा ७ दिन मात्रै परिक्षण उडान गरेको छ ।

 

आयोजना प्रमुख इन्जिनियर मुनकर्मीका अनुसार करिब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको सो विमानस्थल निर्माणको लागि झण्डै २२ अर्ब लगानी रहेको छ । 

 

सम्बन्धित समाचारहरु:

 

- ‘ल्याण्डफिल्ड साइट’ सरेन भने विमानस्थलमा नाँच्छन् गिद्ध र चरा

https://sungabhanews.com/story/165/2022/4/23/tourism/pokhara/

 

-पोखरा ३३ मा ‘ल्याण्डफिल्ड साइट’ सार्ने विषय अन्यौल

http://​https://sungabhanews.com/story/837/2022/6/12/scoop/Samaj/

 

-ल्याण्डफिल्डका विषयमा अध्ययन गरिएको हो, निर्णय भइसकेको  छैन: मेयर आचार्य

https://sungabhanews.com/story/4523/2022/11/16/gandaki/desh/

 

-पोखराले रच्यो इतिहासः अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो ‘थाइ एअर’

https://sungabhanews.com/story/4729/2022/11/21/bisesh/desh/

ढोरपाटनः    समथर भूभागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् ।&...

थप पढ्नुहोस्

काठमाडौंः    राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याल चयन गरेको छ ।  हिजो बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जि...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने भएको...

थप पढ्नुहोस्