किशोरदत्तलाई पत्रकारले भनेका थिए –‘तपाइ हार्दै हुनुहुन्छ’

पाेखरा | मंसिर ९, २०७९

किशोरदत्तलाई पत्रकारले भनेका थिए –‘तपाइ हार्दै हुनुहुन्छ’

पोखराः प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस कास्की १ का उम्मेदवार किशोरदत्त बराल दिनभरको चुनावी प्रचारको धपेडीमा हुन्थे । व्यस्तताकाकारण दिनभर उनले मोबाइलमा आएका फोन रिसिभसमेत गर्न भ्याएका हुन्थेनन् । 

 

कांग्रेस कास्कीको अध्यक्षलगत्तै संघीय सदस्य उम्मेदवारको टिकट पाएका उत्साही बराललाई मतदानको एक साताअघि साँझपख एक पत्रकारको फोन आयो । सामान्य कुराकानीपछि बरालले पत्रकारलाई सोधे, ‘कस्तो छ मेरो माहोल ?’

 

प्रश्न टुंगिन नपाउँदै पत्रकारले सुनाए ‘तपाइ हार्दै हुनुहुन्छ ।’ जवाफ पाएपछि केही मलिन स्वरमा बरालले पुनः प्रश्न गरे ‘हार्ने त्यस्तो के कारण छ र ?’

 

दोस्रो प्रश्नको उत्तरमा प्रत्रकारले भने ‘तपाइको निर्वाचन परिचालन र टिम हाँक्ने लगाम गलत मान्छेको हातमा छ ।’ बराललाई स्वीकार गर्न गाह्रो भयो । 

 

सतहमा सबै ठिकठाक देखेका र दिनभर प्रचारकाक्रममा जनताको घरदैंलो पुग्दा पाएको आश्वासनबाट आत्मविश्वासी बराललाई पत्रकारको रिपोर्टले झस्कायो । 

 

यद्यपि, कांग्रेस र अन्य दलसँगको गठजोडले बराल ढुक्क थिए । उनी अहोरात्र चुनावी क्षेत्रमा खटिरहे । 

 

तर जसै मतगणना सुरु भयो । बराललाई पत्रकारले सुनाएको रिपोर्ट सही लाग्दै गयो । र, अन्ततः बराल हारे । 

 

बराललाई नेकपा एमालेका मनबहादुर गुरुङले २५ हजार ७९८ मतकासाथ हराए । गठबन्धनका साझा उम्मेदवार बरालले २३ हजार १८९ मत पाए। 
 

 

दुइबीच २ हजार ६०९ मतको अन्तर रहेको छ । 
 

 

यसैबीच, बिहीबार साँझ उनै बराल र प्रदेशसभा सदस्य उम्मेदवार दिपक गुरुङका समर्थकहरुले कांग्रेसका पूर्वसभापति कृष्ण केसीको घरमा नाराबाजी र तोडफोड गरेर रोष प्रकट गरेका छन् । 

 

बराललाई ‘गलत मान्छेले चुनाव हाँकेको’ भनेर रिपोर्ट सुनाएका उक्त गलत पात्र कतै केसीका ‘खास’ त होइनन् ? 
 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्