जोण्टा क्लब अफ पोखराले महिला हिंसा विरुद्ध अभियान चलाउने
पाेखरा | मंसिर ८, २०७९
पोखराः जोण्टा क्लब अफ पोखराले महिला हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम गर्ने भएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रम बारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष मोनिका थापाले आधा आकाश ओगटेका महिलाका हक अधिकार तथा उनिहरुको समस्या र विभेद अझै पनि उस्तै रहेको बताइन् । यसलाई मध्यनजर गदैँ क्लबले महिला हिंसा विरुद्ध कार्यक्रम संचालन गर्न लागेको अध्यक्ष थापाले बताइन् ।
कार्यक्रम अन्र्तगत डिजिटल बोर्डमा महिला हिंसा विरुद्धको सचेतना मुलक भिडियो चित्र प्रस्तुत, मैनबक्ती यात्रा, भित्ते चित्रकला, हिंसामा परेका महिलाहरुसंग भेटघाट र १६ दिनको लागि सोशल मिडिया र डिजिटल क्याम्पेन हुने छन् । जिल्ला प्रहरी कर्यालय कास्कीको सहयोगमा यी कार्यक्रमहरु हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्लबका सदस्यहरुले आफ्नो समय, सिप र ज्ञानलाई स्वयं सेवाको रुपमा स्थानिय तह थता अन्तराष्ट्रिय सेवामुलक परियोजना प्रदान गरी काम गरिरहेको थापाले बताइन् । क्लबले विशेष गरी महिला सुरक्षा, सेवा, स्वास्थ्य र शिक्षामा केन्द्रीत भएर आफ्ना वार्षिक कार्य योजनाहरु गर्ने गरेको छ । अमेरीकामा १९९१ मा स्थापना भएको अन्तराष्ट्रिय जोण्टा क्लव नेपालमा ९ वर्ष पहिले स्थापना भएको थियो ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

