नवलपरासी पश्चिम–१ मा कांग्रेसका चौधरी निर्वाचित
पाेखरा | मंसिर ८, २०७९
पोखराः नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन् । जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन् ।
चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । चौधरी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो ।
तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

