पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँ: मेयर आचार्य

पाेखरा | मंसिर ८, २०७९

पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँ: मेयर आचार्य

पोखरा:   पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभएको छ । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सो अवसरमा प्रमुख आचार्यले पञ्चासे क्षेत्र विकास समितिलाई माछापुच्छ्रे विकास संघले प्रदान गरेको नगद रु.२५ हजार राशिको संरक्षण पुरस्कार समेत हस्तान्तरण गर्नुभयो ।


पञ्चासे क्षेत्र धार्मिक पर्यटन र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै प्रमुख आचार्यले यसको संरक्षण, विकास र प्रवद्र्धनमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । यसका अलवा सो क्षेत्र तीन जिल्लाको संगमस्थल भएका कारण तीनै जिल्लाका स्थानीय सरकारहरूको एकीकृत प्रयासमा आफूहरू यसको विकासका लागि तत्पर रहेको उहाँले बताउनुभयो ।  


‘पञ्चासे क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण त छ नै, यस बाहेक यहाँ पाइने सयौँ प्रकारका जडीबुटीहरू, पोखराको लाइफ लाइनका रूपमा रहेको फेवातालको प्रमुख स्रोतका रूपमा समेत यो रहेको छ, प्रमुख आचार्यले भन्नुभयो, यसको विकासका लागि पोखरा महानगरपालिकाको एकल प्रयासले मात्र सम्भव हुदैन्, यसमा पञ्चासेसंग जोडिएका पर्वत र स्याङ्जाले समेत उत्तिकै जिम्मेवार भएर लाग्नु पर्छ ।’ पञ्चासे क्षेत्रलाई आर्युवेदको विश्वविद्यालयका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो । पञ्चासे क्षेत्रका विषयमा सरोकार राख्ने सबै संघसंस्थाहरुको छाता संस्था बनाएर अगाडी जानुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।


यसैबिच प्रमुख आचार्यले बालाचर्तुदशी कै अवसरमा पोखरा २३ भन्ज्याङमा पञ्चासे आदर्श क्लबद्वारा आयोजित वृहद पञ्चासे संरक्षण सरसफाइ तथा ११ औँ पञ्चासे सिधाने बालाचर्तुदशी मेला २०७९ को उद्घाटन पनि गर्नुभयो । महानगरको खेलकुद विकासमा आवश्यक पूर्वाधारहरू निर्माण गर्दै युवाहरूलाई खेलतर्फ आकर्षण सहित सक्षम खेलाडीहरू उत्पादनमा उहाँले जोड दिनुभयो । खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको भावना जागृत गर्दै विद्यालय स्तरबाटै खेलकुदको विकास आवश्यक रहेको उहाँले बताउनुभयो ।


पञ्चासे जाने क्रममा दमदमे, सिधाने, कुद्वीडाँडा, भन्ज्याङ, पन्चदासे लगायतका स्थानमा स्थानीयहरू भेटघाट तथा अन्तरक्रिया समेत गरिएको छ । सो क्रममा स्थानीयहरूले बाटोघाटो, पानी, बत्ती लगायतका आधारभूत आवश्यकताको सहज पहुँच वृद्धिको माग गरेका छन् । महानगर भित्र पर्ने ग्रामीण क्षेत्रको विकासका लागि आफू प्रयत्नशील रहेको प्रमुख आचार्यले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
 

काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...

थप पढ्नुहोस्

सुनसरी:  सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...

थप पढ्नुहोस्

काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...

थप पढ्नुहोस्