पोखरामा तीन करदाता सम्मानित
पाेखरा | मंसिर ७, २०७९
पोखराः ११ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट तीन करदातालाई सम्मान गरेको छ ।
कार्यालयले गत आर्थिक वर्ष ०७८/०७९ मा सबैभन्दा बढी कर दाखिला गर्ने सफ्टवयरको कारोबार सेवा प्रदान गर्ने यार्सा ल्याब्स प्रालिका प्रतिनिधि किरण सापकोटा, मोटरगाडीको कारोवार गर्ने अटोवेज प्रालिका प्रतिनिधि नारायण पौडेल, कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिका सञ्चालक विक्रम कर्माचार्य र उत्कृष्ट कर्मचारीका रुपमा नायब सुब्बा छाँया भट्टराईलाई ११ औं कर सप्ताहको अवसरमा सम्मान गरेको हो ।
गत आर्थिक वर्ष आन्तरिक राजश्व कार्यालय यार्सा ल्याब्स प्रालिले १ करोड ५३ लाख ७७ हजार २ सय ६९ रुपैयाँ आयकर दाखिला बुझाएको थियो । यस्तै कार्यालयका अनुसार अटोवेज प्रालिले १ करोड १३ लाख ४० हजार ४ सय ९७ रुपैयाँ र कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिले २६ लाख ४६हजार ५ सय ९६ रुपैयाँ आयकर दाखिला गरेको थियो ।
कर तिर्नु नागरिकको दायित्व होः करदाता
अटोवेज प्रालिका सञ्चालक नारायण पौडलले कर तिर्नु नागरिकको दायित्व भएको बताएका छन् ।
आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको राष्ट्रिय कर दिवसको अवसरमा बोल्दै कर तिर्नु नागरिकको दायित्व भएको बताएका हुन् ।
‘कसैले कुनै व्यापार व्यवसाय गर्दा राज्य मेरो सेयर होल्डर हो भनेर सम्झन आवश्यक छ, उनले भने, ‘कसैले व्यापार व्यवसाय गर्दा राज्यलाई कर तिर्नु नागरिकको कर्तव्यको हो । व्यवसायी र नागरिकले कर नतिरेसम्म देश समृद्ध बन्न सक्दैन । त्यसैले देश समृद्ध बनाउन कर तिर्न आवश्यक छ ।’
व्यवसायीले पारदर्शी ढङ्गले राजश्व बुझाए समृद्ध देशको परिकल्पना पुरा हुने धारणा राखे । ‘नागरिक र व्यवसायीले पारदर्शी ढङ्गले राजश्व बुझाउन सके समृद्ध देशको परिकल्पना पुरा हुन्छ, उनले भने, ‘राज्यले बजेट ल्याउँदा व्यवसायी र नागरिकको करबाट ल्याउने हो । जति हामीले कर तिर्न सक्यो त्यति नै देश समृद्ध बनाउने सबैको सपना साकार हुन्छ ।’
यस्तै कर्माचार्य बेक्स एण्ड फुड्स प्रालिका सञ्चालक विक्रम कर्माचार्यले राज्यले विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्दा छुट दिएको करको विषयमा जानकार नभएको बताए ।
‘राज्यले नेपालमा नै उद्योग व्यवसाय गर्दा विभिन्न क्षेत्रमा छुट दिएको छ, उनले भने, ‘ राज्यले देशमा नै कसैले उद्योग, पेशा व्यवसाय सञ्चालन गर्दा विभिन्न क्षेत्रमा करमा छुट गरेको छ तर नागरिकले बुझ्न सकेका छैनन् । व्यापार, व्यवसाय उद्योगसम्बन्धी सरकारले ल्याएको नीति नियम आम नागरिकले अध्ययन गर्न आवश्यक छ ।’
उक्त कार्यक्रममा चेम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनार, कोष नियन्त्रक कार्यालयका प्रमुख रामजी प्रसाद शर्मा, मालपोत अधिकृत प्रमुख राजेन्द्र पौडेल लगायत बोलेका थिए ।
पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...

